काठमाडौँ : रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्पपछि शिवेलुच ज्वालामुखी विस्फोट भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तटीय शहर पेत्रोपाभ्लोभ्स्क-कामचात्स्कीबाट शिवेलुच ज्वालामुखी करिब ४५० किलोमिटर पर रहेको छ । ज्वालामुखीको खरानी समुद्री सतहबाट करिब ५ किलोमिटरमाथि उडेको पनि रुसी समाचार संस्था तासले जनाएको छ ।
अमेरिकी जिओलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु पेत्रोपाभ्लोभ्स्क-कामचात्स्कीबाट ८८ किलोमिटर र यसको गहिराइ ४८ किलोमिटर रहेको जनाएको छ । भूकम्पबाट कुनै क्षति नभएकोसमेत तासले जनाएको छ ।