कोसी नामकरणविरुद्ध जसपा नेपालले आन्दोलन गर्ने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरणको विरोधमा आन्दोलन गर्ने भएको छ । आन्दोलन गर्न आन्दोलन परिचालन समिति गठन भएको जसपा नेपालले जनाएको छ।

भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै आन्दोलन गर्ने निष्कर्ष निकालेको थियो ।

जसका लागि अहिले भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलन गर्ने र त्यसका लागि केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको जनाएको छ।

समितिको सदस्यमा पार्टीका केन्द्रीय सदस्यहरू राजकुमार राई, जयराम यादव, डा केके राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका जसपा नेपालले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार