अनेरास्ववियू (क्रान्तिकारी) फाल्गुनन्दको अध्यक्षमा आङदेम्वे, १७ सदस्यीय समिति चयन

पाँचथरः नेकपा माओवादी(केन्द्र) निकट भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) फाल्गुनन्द गाउँपालिकाको चौथो सम्मेलन सम्पन्न भएको छ । अप्सन आङदेम्वेको अध्यक्षतामा १७ सदस्यीय पालिका कमिटी निर्वाचित भएको छ । निर्वाचित समितिको उपाध्यक्षमा युका राई र खेसेहाङ्ग आङ्देम्बे रहेका छन् । सचिव आकृति नेम्वाङ ,सह-सचिवद्वय फुङनाम नेम्बाङ र सागर नेम्बाङ साथै कोषाध्यक्षमा सुप्रीया चेम्जोङ रहेकी छिन् ।

यसैगरी सदस्यहरुमा सोनाम तामाङ,आयुस दाहाल,निरन्ता आचार्य,युना चेम्जोङ,सुमित चेम्जोङ,दिलिप नेम्वाङ,फुङ्साम नेम्वाङ,कृति चेम्जोङ,स्मारिका आङ्देम्बे र आस्था विश्वकर्मा रहेका छन् ।

क्रान्तिकारी पालिका इन्चार्ज सन्दिप आङ्देम्वेको अध्यक्षतामा पालिका स्तरीय सम्मेलन सम्पन्न भएको हो । देशभर पार्टीले सबै भातृ संगठनलाई पूर्णरुपमा गतिशील बनाउने र बृहत पार्टी सुदृढीकरण अभियान संचालन गरेसंगै पाँचथरका समूर्ण स्थानीयतहमा धमाधम अधिवेशन संचालन गरिरहेको (माके)फाल्गुनन्द गाउँपालिका इन्चार्ज तथा सम्मेलनका प्रमुख अतिथि ठाकुरसिंह नेम्वाङले जानकारी दिए ।

कार्यक्रममा (माके) पालिका अध्यक्ष इन्द्र नेम्वाङ,अतिथिहरु दल बहादुर नेम्वाङ,मचिन्द्र आङ्देम्वे,चन्द्र माङ्मु,अमर आङ्देम्वे,मदन तुम्वापो,भिम चेम्जोङलगायतले चौथो पालिका सम्मेलनबाट निर्वाचित पालिका टिमलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार