‘थेवा माङ’ विषयक अन्तर्क्रिया कार्यक्रम

काठमाडौं : ‘थेवा माङ’ विषयक अन्तर्क्रिया कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

थेवा युवा मुन्धुम अध्ययन समिति याक्थुङ नेम्बाङ समाजको आयोजनामा भएको कार्यक्रममा याक्थुङ नेम्बाङ समाज अन्तर्गत थेवा युमा मुन्धुम अध्यन विभाग प्रमुख मूकुम नेम्बाङले थेवा माङ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा नेम्बाङहरुको प्रमुख स्टदेवको रुपमा मानिँदै आएको देउता वा माङ थेवाबारे प्रष्ट पार्दै, थेवाको आराधाना अनुष्ठान गर्नुको अर्थ, विधि, कारणलगायतका विषयमा छलफल र वहस भएको थियो ।

छलफलमा याक्थुङ नेम्बाङ समाजका सल्लाहकार विरदल नेम्बाङ, त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययनका पिएचडी स्कलर सूर्य माखिम, धनपति सापकोटा, इतिहास विभागका विलाश योङया, राजनीति शास्त्रका देवेन्द्र राई, मुन्धुम तथा राजनीति शास्त्रका अधेयता नविन लिङ्देन, मोबिन्द्र राई, ललित कला तथा संगीतका विद्यार्थी तृतीय गुरुङ, निर्मला लिम्बू, मुन्धुम लिम्बू, आरती गोले, मानव शास्त्रका विद्यार्थी तथा अध्येता दिलविक्रम आङदेम्बेले कार्यपत्रमाथि टिप्पणी र सुझाव दिएका थिए ।

नोट स्पिकर डा. क्षितिज लिम्बूले उठेका विषयमाथि सहजीकरण गर्दै, ‘थेवा माङ एक साझा देउता हो जसलाई शक्ति, युद्ध, रण कौशल ज्ञान विवेक र राजनीतिक कलासँग जोडेर हेर्नुपर्छ’ भन्ने धारणा राखेका थिए ।

नेम्बाङ पुर्खाहरुमा थेवा माङले बढी शिदी शक्ति दिएको, नेम्बाङ पुर्खाहरुको समित्यमा थेवा माङ आएको मिथक भएकोले नेम्बाङहरुले अझ छलफललाई व्यापक बनाउनुपर्ने बताउँदै सहभागीहरुले समाज विभक्त हुने गरी थेवा माङलाई अध्यनको लक्ष्य नबनाउन सुझाव राखेका थिए । याक्थुङ समाजमा किरात धर्म, युमा धर्म भनेर समुदाय विभक्त भएको कुरा राखेका थिए ।

थेवा माङको अनुष्ठानबाट प्राप्त ज्ञान, कला कौशललाई समाज, देश वा कुनै प्रणालीमा सहयोग पुग्ने बताउने गरिएको छ ।

विभाग प्रमुख नेम्बाङको अध्यक्षता र सहजीकरणमा भएको कार्यक्रमको स्वागत मन्तब्य याक्थुङ नेम्बाङ समाजका अध्यक्ष प्रियकुमार नेम्बाङ र कार्यक्रम सञ्चालन संस्थाका महासचिव देवेन्द्र नेम्बाङ गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार