स्वास्थ्य बिमा सुविधाको दायरा पाँच लाख पुर्याउन प्रस्ताव

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पाैडेलले स्वास्थ्य बिमा कार्यक्रममा सुविधाको दायरा पाँच लाख रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले अनौपचारिक क्षेत्रलाई समेत समेटेर सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई बिमामा समेट्ने गरी प्रक्रिया अघि बढाउने प्रस्ताव ल्याएका हुन् ।

उनले बिमालाई प्रभावकारी बनाउन प्रेषण प्रणाली सहज बनाइने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र नि:शुल्क उपचारका सबै कार्यक्रमलाई स्वास्थ्य कर कोषमा एकीकृत गरेर बिमामा जोड्ने मन्त्री पौडेलको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार