झापाको विर्तामोडमा भिक्ट्री मार्सलआर्ट एन्ड स्पोर्टस् एकेडेमी सञ्चालनमा

  नयाँ बुलन्द
112 Shares

झापा : झापाको बिर्तामोडमा बालबालिका र युवालाई लक्षित गरेर भिक्ट्री मार्सलआर्ट एन्ड स्पोर्टस् एकेडेमी सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रम गरी जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले एकेडेमीको उद्घाटन गरे ।

करातेका प्रशिक्षकहरु सूर्यबहादुर थापा, विन्दुराज दाहाल र मुकेश गजमेरको लगानीमा एकेडेमी सञ्चालनमा आएको हो । एकेडेमीमा कराते, किकबक्सिङ, सेल्फ डिफेन्स, शारीरिक सुगठन, जुम्मा तथा योगाका कक्षाहरु सञ्चालन हुँदै आएको सञ्चालक थापाले जानकारी दिए ।

थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र संग्रौला, वरिष्ठ कराते प्रशिक्षक कालु मेचे, राम पाठक, प्रशिक्षक बद्री विष्ट, मीना पाठक, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, नेपाल खुलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

लागुपदार्थको हब बनिरहेको बिर्तामोडमा एकेडेमी सञ्चालनमा आएर बालबालिका र युवालाई खेलकुदमार्फत र मानसिक तथा शारीरिक स्वास्थ्य विकासमा सहयोग पुग्ने वक्ताहरुको भनाइ थियो । एकेडेमीमा हाल करातेमा ४५ जना, किकबक्सिङमा ३५ जना र जुम्मामा २५ प्रशिक्षार्थीहरु रहेका छन् । कार्यक्रमकै बीच करातेका प्रशिक्षार्थीलाई ग्रेडिङको प्रमाणपत्र प्रदान गरिएको थियो ।

नृत्य प्रशिक्षक एलसी श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत एकेडेमीका सञ्चालक विन्दुराज दाहालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार