विश्व आदिवासी दिवसमा विरामीलाई फलफुल वितरण

इलाम : ३० औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार नेपाल आदिवासी जनजाति महासंघ इलामले  इलाम अस्पतालका विरामीहरुलाई फलफुल वितरण  गरकेो छ ।

महासंघका उपाध्यक्ष भक्त थामीको नेतृत्वमा अस्पतालका ४० भन्दा बढी बिरामीलाई फलफूल वितरण गरिएको हो । कार्यक्रमा महासंघ सचिव याम बाङदेलसहित पदाधिकारी, सदस्यहरु, विभिन्न जातिय संगठ्नका प्रतिनिधी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

‘पहिचान र अधिकारको सुनिश्चितताको लागि आदिवासी जनजाती आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान , सिपको पर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृति संरक्षण गरौं’ भन्ने नारा साथ विश्वभर आदिवासी दिवस मनाईएको छ ।

आदिवासीले आफ्नो अधिकार स्तापित गर्नका लागि विभिन्न्न खालका आन्दोलन गर्दै आएको छ । यस सन्दर्भमा संयुक्त राष्ट्र संघले सन १९९३ अगस्ट ९ तारिख का दिन विश्व आदिवासी वर्षका रुपमा घोशीत गर्यो।यो घोषित गरेपछी विश्वभरिका आदिवासीहरुले त्यसदिनलाई मनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार