इलाम : माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा बिहान ११ बजेदेखि सुरु भएको परीक्षा दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।
सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् ।
यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् । तर सबैले पूरक परीक्षाको फारम नभरेको हुनसक्ने भएकाले त्यो संख्यामा केही फरक पर्नसक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।
पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । त्यसका लागि ५५० केन्द्र तोकिएको छ ।