काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । शुक्रबार बसेको पार्टीको बैठकले ३४४ जानको केन्द्रीय कमिटीको घोषणा गरेको हो ।
यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो । साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयनका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेका थिए ।