इलाम : इलामको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ को बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । गाउँसभाको १५ औं अधिवेशनबाट पारित चालु आवको लागि कूल ४२ करोड ४९ लाख ३१ हजार चार सय ४२ रुपैयाँको वार्षिक बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको हो ।
मङ्गलबार सन्दकपुर गाउँपालिका-३ स्थित सेमेन्चोङ भवनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमु जयप्रकाश राईले बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेका हन् ।
सन्दकपुरले आयमा अल्याबा ५४ लाख ९४ हजार एक सय ८२ रुपैयाँ, आन्तरिक आम्दानीबाट एक करोड ५१ लाख ३४ हजार रुपैयाँ, जनसहभागिताबापत ७८ लाख ३१ हजार दुई सय ६० रुपैयाँ, संघीय सरकार समानीकरण अनुदान आठ करोड १७ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदान ४७ लाख ८८ हजार रुपैयाँ, संघीय सरकार राजस्व बाँडफाँडबाट सात करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, प्रदेश सरकार सवारी साधन करबाट ४९ लाख २५ हजार रुपैयाँ, प्रदेश सरकार समपूरक अनुदान एक करोड रुपैयाँ, संघीय सरकार सशर्त अनुदान चालु १५ करोड ३८ लाख ८६ हजार रुपैयाँ, संघीय सरकार सशर्त अनुदान पूजिँगत अनुदान दुई करोड ७८ लाख ६८ हजार रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदान चालु ४२ लाख ३१ हजार रुपैयाँ र प्रदेश सरकार सशर्त अनुदान पूजिँगत अनुदान एक करोड ८८ लाख ७४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
सन्दकपुरले विषयगत क्षेत्रतर्फ आर्थिक विकास क्षेत्रमा ६ करोड ५७ लाख ३९ हजार दुई सय ८६ रुपैयाँ, सामाजिक विकास क्षेत्रमा १७ करोड ७१ लाख ३४ हजार ६५ रुपैयाँ, पूर्वाधार विकास क्षेत्रतर्फ आठ करोड ४९ लाख ३२ हजार नौ सय नौ रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा दुई करोड ५७ लाख ४७ हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ सात करोड १३ लाख ७८ हजार एक सय ८२ रुपैयाँ बिनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राईसहित उपाध्यक्ष हरीबहादुर लुङ्गेली, निवर्तमान गाउँपालिका अध्यक्ष उदयबहादुर राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज नेपाल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, राजनीतिक दल तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
साथै सोही कार्यक्रममा आ.व. २०८०/०८१ को अन्तिम चौमासिक सार्वजनिक समेत गरिएको थियो ।