सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीकार्य आजदेखि रोक्ने तयारी

  नयाँ बुलन्द
126 Shares

बेपत्ता भएको १७ औं दिनसम्म पनि ३७ यात्रुको अवस्था अज्ञात

चितवन : चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिन पुगेको छ । नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ ।

बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । त्यसमध्ये ४ शवको अझै सनाखत हुन सकेको छैन ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरिरहेका छन् ।

लगातार १६ दिनदेखि खोजी कार्य गर्दै आएका सुरक्षाकर्मीहरु पनि आजित बनेका छन् । खोजीका लागि आएको भारतीय टोली आज फर्किने तयारीमा छ । नेपाली टोलीले पनि आजदेखि खोजी कार्य रोक्ने र त्यसका लागि आज सरोकारवालाबीच छलफल हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार