काठमाडौं : व्यवसायीहरूले कुखुराको मासुको मूल्य घटाएका छन् । साउन लागेसँगै मासु खपत कम भएकाले मूल्य प्रतिकिलो ८० रुपैयाँले घटाइएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले जानकारी दिए ।
जसअनुसार गत महिना ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ कायम भएको छ ।
अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ ।