सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाले लम्पी स्किन रोगबाट मरेको गाई बापत किसानलाई राहत रकम प्रदान गरेको छ । गाउँपालिकाले प्रति माउ गाई ५ हजारको दरले ५ वटै वडामा कुल १७० वटा गाई बापत ८ लाख ५० हजार रुपैया वितरणको तयारी गरेको छ । पालिकाले साउन ६ गते वडा नं १ मा ५१ वटा गाईको २ लाख ५५ हजार रुपैया प्रदान गरेको छ ।
साउन ७ गते वडा नं २ मा समेत ५१ वटा गाईको २ लाख ५५ हजार प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको उपस्थितीमा किसानहरुलाई राहत रकम हस्तान्तरण गरिएको हो । साउन ८ गते वडा नं ३ मा ४९ वटा गाई बापत २ लाख ४५ हजार, साउन ९ गते वडा नं ४ मा २५ वटा गाईको १ लाख २० हजार र साउन १० गते वडा नं ५ मा १५ वटा गाईको ७५ हजार रुपैया वितरण गरिने भएको हो ।
वडा नं १ र २ मा राहत रकम वितरण गरिएको वडा नं २ का वडाध्यक्ष सनम राईले जानकारी दिए । गाउँपालिका क्षेत्रभित्रका पशु चौपायाहरुमा महामारीको रुपमा फैलिएको लम्फि स्किन रोगको कारण मृत्यु भएका पशु धनीलाई “सन्दकपुर गाउँपालिकाको लम्फी स्किन रोग रोकथाम नियन्त्रण तथा राहत सम्वन्धी कार्यबिधी, २०८०“ बमोजिम राहतका लागि आवेदन दिन गत बैशाख ३२ गते सुचना प्रकाशन गरेको थियो ।
पालिकामा १७० वटा गाई मरेको आवेदन प्राप्त भएको थियो । सोही अनुसार राहत वितरण गरिएको हो । सुचना अनुसार सम्बन्धित वडा कार्यालयको सिफारीस पत्र, आर्थिक बिकास समितिको बैठकको निर्णय तथा कार्यपालिका बैठकको निर्णय अनुसार संलग्न बिवरण बमोजिम राहत दिएको हो ।
आवेदकहरुले सक्कल नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य सक्कल प्रमाण पत्र सहित स्वयम् आवेदक उपस्थित भएर राहत रकम लिन आग्रह गरेको छ । स्वयम् उपस्थित हुन नसक्ने आवेदकले साउन १२ गते पशु सेवा शाखाबाट राहत रकम बितरण गरिने प्रमुख प्रशासकिय अधिकृत यादव राउतले जानकारी दिए ।