तेह्रथुम
लालीगुराँस नगरपालिका–९ सोल्मामा रहेको कालिका आधारभुत बिद्यालय नगरपालिकाको २२ वटा आधारभुत बिद्यालयमध्ये एक हो । यो बिद्यालयमा १ सय ६ जना बिद्यार्थी अध्यायन गर्छन् । वि.स.२०१४ सालमा स्थापना भएको यो बिद्यालय शैक्षिक क्षेत्रमा निक्कै उत्कृष्ट छ । बालमैत्री कक्षाकोठा सँगै मनोरम वातावरण निमार्णको लागी भौतिक संरचना,शैक्षिक सामाग्री व्यवस्थापन,सुचना प्रविधीको अधितम् प्रयोगका साथै सिकाईमा सकरात्मक विकास ।
गुणस्तरीय शिक्षा अवको सिकाई व्यवहारिक शिक्षा सरल तथा कडा सिकाई पद्धतीबाट बिद्यालयले प्रयोगात्मक शिक्षालाई अघि सार्दै आएको बिद्यालयका प्रधानध्यापक डिल्ली रेग्मीले बताए । बिद्यलायमा बालबालिकाहरुलाई अतिरिक्त कृयाकलपका गराउन दलित सचेतना समाज(ड्यास) तेह्रथुमको समन्वय तथा एक्सन एड नेपालको सहयोगमा २०७२ साल मंसिर २७ गते नविन तिम्सीनाको अध्यक्षतामा २१ सदस्यीय कालिका बालक्लब गठन गरिएको थियो । यस अघि बिद्यालय बाल क्लब गठन भएको थिएन ।बालक्लब गठन सँगै बिद्यालयमा अध्यायनरत बालबालिकाहरुलाई विभीन्न अतिरिक्त क्रृयाकलापका साथै नेतृत्व विकास गर्न प्रतियोगिताहरु सञ्चालन हुने गरेका छन् ।
‘सुरक्षित सिकाईको वातावरण सवल पुर्वाधार गुणात्मक सिकाईको आधार’ भन्ने मुल नाराका साथ सरकारी,गैरसरकारी व्यक्तीगत सहयोगबाट बिद्यालयलाई गुणस्तरीय शिक्षा बनाउने प्रयास गर्दै आएको बिद्यालयका प्रधानध्यापक रेग्मीले बताए । २०७५ देखी ०८१ सम्म आई पुग्दा सरदर १० प्रतिशतले औषत सिकाई उपलब्धी बिद्यालयले प्रगती गरेको बिद्यालयको तथ्याङ्कले जनाएको छ । तथ्याङ्क अनुसार बिद्यालयले ५२ प्रतिशत औषत उपलब्धीलाई बढाउँदै ६२ प्रतिशत औषत उपलब्धी प्रगती गरेको हो । बालक्लबका बालबालिकाहरुले बिद्यालय सेवा क्षेत्र बाहिर रहेका तथा केही कारण नियमित बिद्यालय नआउने बिद्यार्थीहरुलाई सचेत गराउँदै नियमितता दिइएका छन ।
बिद्यालयलाई थप गुणस्तरीय बनाउन पुस्तकालय स्थापना गरी ४ सय ७३ वटा पुस्तकहरु राखिएका छन ।त्यस्तै बिद्यालयले विज्ञान प्रयोगशाला,आईसिीटी ल्याप,कम्प्युटर स्मार्टबोड मार्फत शिक्षण सिकाईलाई जोड् दिँदै आएको छ । बालक्लबले साप्तहिक रुपमा अतिरिक्त कृयाकलापहरु सञ्चालन गर्दै आएको छ । अतिरिक्त कृयाकलापहरुमा हारिजीजवाफ,वतृत्वकला,उद्धघोषण,स्मरण खेल,स्वतन्त्र लेखन,हस्तकला लेखन,स्पेलिङ कन्टेस्ट लगायत संचालित छन् । बर्षमा ४० पटक अतिरिक्त कृयाकलाप गर्ने लक्ष्य राखेको बालक्लकले गत बर्ष ३२ वटा कार्यक्रम सञ्चालन गरेको थियो ।
बिद्यालयले सुखदुःखको साथी कल्याण्कारी कोष स्थापना गरी बिद्यालयमा अध्यायनरत सिमान्तकृत,अभीभावक विहिन,बालबालिकाहरुलाई प्रोत्साहन गर्न शैक्षिक सामाग्री तथ पोशाक वितरण गर्ने गरेको छ । शिक्षक,बिद्यार्थी तथा अभीभावकहरुले जन्मदिनमा गर्ने खर्चलाई कटाएर कोषमा जम्मा गर्नै र जम्मा भएको एकमुष्ट रमकबाट वितरण गरिएको बिद्यालयले जनाएको छ । गतबर्षदेखी मात्रै सुरु गरेको कोषले पहिलो बर्ष मात्रै ३१ हजार जम्मा गरी ३० जना बिद्यार्थीहरुलाई प्रदान गरिएको छ ।
शिक्षण सिकाईको गुणस्तरलाई थप मजबुत गर्न आवश्यक पुर्वाधार र सिकाई सामाग्री अभावले समस्या हुँदै आएकोले बिद्यालयमा अभीभावक हातेमालो बिद्यालय अक्षयकोष स्थापना गरिएको छ । पुर्व बिद्यार्थी,शिक्षक,शिक्षाप्रेमी अभिभावकको सहभागीतामा कोष स्थापना गरिएको हो । २०८० मंसिर ६ गते मात्रै कोषमा ११ लाख ९९ हजार ९ सय ९९ रुपैयाँको कोषमा जम्मा गरिएको छ । कोषको व्याजबाट बालकक्षामा आवश्यक शैक्षिक सामाग्री तथा फर्निचर खरिद गरीएको छ ।
२०७५ सालदेखी बिद्यालयमा मोवाईल लाईब्रेरी र खेल सामग्रीका २१ हजार, सिडी र बाटो निर्माण ५० हजार,खेल मैदान सुधारका लागि ३० हजार त्यस्तै पाईडल स्टेण्ड र ट्याङ्की १८ हजार,गुनासो पेटीका र सूचना पाटी व्यवस्थापन ६ हजार र पुनःसिढी निर्माण २५ हजार दलित सचेतना समाज ड्यासको सहजीकरणमा एक्सन एड नेपालले सहयोग गरेको छ । सहयोग प्राप्त सँगै बिद्यालय क्षेत्रमा बालमैत्री तथा गुणस्तरीय शिक्षालाई थप टेवा पुगेको छ ।
बिद्यालयले शैक्षिक गुणस्तरलाई अझ प्रभावकारी बनाउन शिक्षक,जनप्रतिनिधी,अभीभावक,बिद्यालय व्यवस्थापन समिती,शिक्षक अभीभावक संघ द्धारा संयुक्त प्रतिबद्धता सहित छुट्टा छुट्टै बर्ष भरी गर्नुपर्ने कार्य र भुमिका निर्धारण गरिएको हो । लालीगुराँस नगरपालिकमा जम्मा ३२ वटा सामुदायिक बिद्यालय रहेका छन् । जसध्ये २२ वटा आधारभुत बिद्यालय मध्ये यो बिद्यालय एक बिद्यालयहो । १ सय ६ जनाबिद्यालय रहेको यो बिद्यालय २०८०÷०८१ का नगरपालिकामा रहेका आधारभुत बिद्यालय मध्ये उत्कृष्ट भई २ लाख नगद द्धारा पुरस्कृत भएको छ ।
दलित सचेतना समाज ड्यासको सहजीकरणका एक्सनएड नेपालको सहयोगका साथै बिद्यालयले गरेको प्रयासले शैक्षिक गुणस्तरमा विगतको तुलनामा विकास हुँदै गएको छ । बालबालिकाहरुको शैक्षिक विकासका साथै बौद्धिक र खेलकुद क्षेत्रमा समेत क्षमता विकास भएको छ ।