ड्यासको सहयोग पछि व्यावशायिक बंगुरपालन।

  प्रकाश पाक्साँवा/टिआर सेनेहाङ
21 Shares

तेह्रथुम

लालीगुराँस नगरपालिका१ तेह्रथुमकी शान्ती मादेन बिहान बेलुकी आफ्नै बंगुरपालनमा व्यस्त बन्दै आएकी छिन् । घरको कामसँगै उनी आफुले पालेको बंगुरपालन व्यवासयमा नै रमाई रहेकी छिन् ।उमेरले ३९ बर्ष पगुेकी उनी १ छोरा १ छोरीकी आमाहुन । तरकारी खेती सँगै बंगुरपालन उनको मुख्य व्यवसाय हो । बंगुर पाठा मात्रै पाल्दै आएकी उनले दुई माउ बंगुर पालेकी छिन् । एक्सनएड नेपालको सहयोग तथादलित सचेतना समाज ड्यासले उद्यम विकास सम्बन्धी तालिम पछी बंगुपालनका लागी १२ हजार सहयोग दिएपछी माउ बंगुर पाल्न सुरु गरेकीहुन । तालिममा व्यवसायिक योजना बनाएर उनी एकल महिलाको रुपमा संस्थाले छनौट गरी बंगुरपालनका लागी सहयोग गरेको हो ।


शान्तीले अन्नबाली तथा तरकारी खेती र घरमा खेर जान अन्न खुवाउन मात्रै बंगर पाल्दै आएकी थिइन् । एउटा मात्रै बंगुर पाल्दा सोचे जस्तो आम्दानी लिन सकि रहेकी थिइनन् । घरमा श्रीमान् हुँदा सम्म सहज व्यवहार चलाउँदै आएकी शान्तीलाई २०६८ सालमा श्रीमानको मृत्यृ भएपछी थप जिम्मेवारी थपिएको थियो । जिम्मेवारी थपिदै जाँदा परिवार चलाउन निक्कै समस्याका साथ संघर्ष गर्दै आएकी थिइन् । श्रीमानको मृत्यृपछी एकल बनेकी उनी आफ्ना छोराछोरीलाई पढाउन र व्यवहार चलाउन समस्या बन्दै थियो । गाउँमा आफुलाई समस्या परेको बेला रिन सम्म पाउन मुस्किल थियो । २०२९ साल पौषमा दलित सचेतना समाज ड्यासको समन्वयमा एक्सनएड नेपालको सहयोगमा गाउँमा तिनजुरे महिला समुह गठन भयो । गाउँमा गठन भएको समुहमा उनी पनि आबद्ध भइन् ।

समुहमा आवद्ध भए सँगै उनले मासिक रुपमा बचत गर्न थालिन् । समुहले सदस्यबाट बचत भएको रकम सस्तो व्याजमा लागनीगर्दै आएको छ । २६ जना सदस्य रहेको समुहले तिन महिना सम्म लगानी गर्ने र असुल गर्ने गरेको छ । बचत तथा असुल भएको रकमलाई समस्यामा रहेका समुहका सदस्यहरुलाई लगानी गर्ने गरेका छन । समुहमा आबद्ध भएका सदस्यहरुलाई एक्सनएड नेपालको सहयोग तथा दलित सचेतना समाज ड्यासको आयोजनामा विभीन्न तालिमहरुमा सहभागी गराउने गरेको छ ।
एउटा मात्रे बंगुर पाल्दै आएकी शान्तीले संस्थाको सहयोग पाएपछी दुइवटा माउबंगुर ६ हजारको दरले खरिद गरेर पाल्न सुरु गरेकी हुन् । एक माउको पाठापाठी बिक्रीबाट मात्रै ३९ हजार आम्दानीलिएकी छिन् । ७ हजार ५ सयको दरले ४ वटा पाठा र ४ हजार ५ सयका दरले २ वटा पाठी बिक्री गरेकीथिईन् । ‘मैले संस्थाको सहयोग पाउनु भन्दा अगाडी सम्म माउबंगुर पालेको थिएन् । एउटा मात्रै बंगुर पाल्दा एकैचोटी बिक्री गर्नुपथ्र्याे बिक्री गरेपछी मात्रै अर्काे पाठा लाउथेँ बर्षदिनमा एकपटक आम्दानी हुन्थ्यो, ।’शान्तिले भनिन् ।

एउटा माउको पाठापाठी बाट राम्रो आम्दानी लिएकी शान्तीले पालेकी अर्काे माउ ८ वटा पाठापाठी छन् । पाठापाठीहरु घरैबाट र घर नजिकैको बसन्तपुर बजार बाटै बिक्रीहुँदै आएका छन । अर्काे माउको पाठापाठी बिक्रीबाट राम्रो आम्दानी लिने सोच बनाएकी छिन् । बंगुरको पाठापाठी बिक्रीबाट अहिले उनलाई परिवार चलाउन समेत सहज बन्दै गएको छ । बंगुरपालन सँगै तरकारी खेती पनी उनले गर्दै आएकी छिन् ।

बंगुरबाट संकलन भएको मल तरकारीमा लगाउने गरेकी छिन् । उनले तरकारीमा आलु र बन्दा खेतीगर्दै आएकी छिन् । तरकारी बिक्रीबाट मात्रै बार्षिक २ लाख ५० हजार भन्दा बढी आम्दानी लिँदै आएका छन ।बंगुरको मललाई व्यस्थापन गर्दै अर्गानिक तरकारी खेती गर्न थालेपछी उत्पादन सँगै तरकारीले राम्रो बजार पाउन थालेको छ । आफुले उत्पादन गरेको तरकारी घरैबाट बिक्री गर्दै आएको उनी बताउँछिन् । शान्तीको छोरी अहिले वैदेशिक रोजगारको सिलसिलामा दुबईमा छिन् । छोरी रोजगारमा भएकाले उनले घरमा आम्दानी गरेको रकम बचत गर्न थालेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार