ड्यासको सहजिकरणले श्रमिक महिलाको ज्यालामा समानता ।

  प्रकाश पाक्साँवा/टिआर सेनेहाङ
133 Shares

तेह्रथुम 

लालीगुराँस नगरापालिका–७ तेह्रथुमकी बिमला तामाङ उमेरले ३९ बर्ष पुगिन् । उनी १७ बर्ष पहिलो सम्म दाउरा बेचेर जिविका चलाउने गर्थिन् । उनले २०६६ साल सम्म दाउरा १५ देखी ६० रुपैयाँ भारी सम्म बेचिन् । घर नजिकै रहेको स्थानीय बजार लसुनेमा दाउरा बिक्री गर्नु एक मात्रै उनको आम्दानीको श्रोत थियो ।

थोरै जमिन रहेकाले आफ्नो जमिनबाट उत्पादन भएको अन्नबालीले बर्षभरी खान नपुग्ने गरेकोले आम्दानीको लागी विभीन्न काम गर्नु उनको बाध्यता थियो । गाँउमा सबैको जग्गा जमिन कम मात्र रहेकाले ज्याला मजदुरी गर्न पाईन्दैथ्यो । गाउँका छोरा मान्छेहरु कामको खोजीमा बाहिर तिर जाने गर्थे गाउँको घरयासी काममा यहाँका महिलाहरु मात्रै हुन्थे । गाउँदेखी केही टाढा बिमला ज्यालामा काम गर्न जान्थे तर एउटै काम भएपनी छोरा मान्छे भन्दा उनलाई कम दाम दिन्थे । उनी जस्तै राम माया तामाङको पनि दिनचर्या उस्तै छ । खासगरी यहाँका महिलाहरुलाई घरयासी मकै गोड्ने,भाच्ने,आलु गोड्ने काममा मात्रै लगाउने गरिन्थ्यो ।

२०७४ सालतिर एउटै काम गर्दा पनि महिलालाई २ सय ५० र पुरुषलाई ३ रुपैयाँ त्यस्तै २०७८ सालतिर दाउरा काट्ने काममा पुरुषलाई ५ सय र महिलालाई ३ सय दिन्थे । यसरी नै यहाँका स्थानीयहरुको दिनचर्या बिति रहेको थियो । यसैबिच दलित सचेतना समाज ड्यास तेह्रथुमको सहजीकरणमा एक्सनएड नेपालको सहयोगमा २०७४ सालमा तिनजुरे महिला समुह गठन भयो । समुह गठन सँगै मासिक रुपमा यहाँका महिलाहरु बचत गर्दै आफ्नो समस्याको बारेमा छलफल सुरु गर्न थाले ।

समुह गठन सँगै विगतदुई बर्ष अघिदेखी अभीयान चौतारी सञ्चालन हुँदै आएको छ । हरेक हप्ताको शनिबार यहाँका श्रमिक महिलाको बारेमा छलफल हुँदै आएको छ । २०७९ साल बैशाखमा २४ जना सदस्य रहेको तिनजुरे श्रमिक महिला समुह समेत गठन भएको छ । समुह गठन तथा अभीयान चौतारी सञ्चालनले आफ्नो हक अधिकार र समानताको बारे यहाँका महिलाहरु छलफलमा जुट्न थालेका छन ।

समुह गठन भन्दा अगाडी महिलाहरु घरयासी काममा मात्रै सिमित बन्दै आएका थए । विकास निमार्ण तथा योजनाहरुमा काम गर्न पाउदैनथे । उत्पादनको क्षेत्रमा समेत महिलालाई कम र पुरुषलाई बढी ज्याला पाउने गरेका थिए । यहाँका स्थानीयहरुको जमिन बढिमा २ रोपनी क्षेत्रफल सम्म छ भने धेरै जसोको घर र करेसाबारी मात्रै रहेकाले ज्याला मजदुरी नै आम्दानीको श्रोत बन्ने गरेको छ । आधा घण्टा देखी १ घण्टाको दुरीमा पुगेर काम गर्दै आएका छन ।

कम ज्यालाका साथै महिलाहरुले विभीन्न समस्याहरु भोग्नु पर्दै आएको छ । विकासे काममा अवसर नपाउनु,पुरुष सँगै कामगर्दै अपशब्द सहनु पर्ने बाध्यताले श्रमिक महिलाहरु पिडित बन्दै आएकाथिए । तर समुह गठन र अभीयान चौतारी सञ्चालनले जनप्रतिनिधीहरु सँग छलफल सँगै योजना तथा भौतिक पुर्वाधारको कामहरुमा सहभागी गराउन थालिएको छ । अहिले उत्पादनको क्षेत्र घरयासी काममा समेत ज्याला बढाएर पुरुष समान दिन थालिएको र विकासे काम र योजनाको काममा समेत समय सापेक्ष निमार्ण व्यवसायी सँग ज्यावा बढाउन पहल हुँदै आएको छ ।

महिलाले काम कम गर्छन भन्ने सोचका साथै चलन चल्तीमा कम दिने ,आर्थीक अवस्था कमजोर,संगठित नहुनुका साथै ज्यालामा हिड्ने मान्छे धेरै काम कम भएकाले यहाँका महिलाले श्रमको मुल्य काम पाउने गरेका थिए । सरकारले उत्पादनको क्षेत्रमा श्रमको मुल्य नतोक्नु,काम लगाउनेले सस्तोमा खोज्नु,सामाजिक कारणले गर्दा पनी समान ज्याला पाउनमा समस्या हुने गरेको छ । त्यसो त घरखर्च जुटाउन समस्या हुनु,आफ्ना बालबालिकाहरुलाई पठनपाठन गर्न समस्या हुनु,गाउँमा रिन नपाउनु पाए पनी चर्काे व्याजमा मात्रै पाउनु,बिरामी हुँदा उपचारमा समस्या हुनु,आर्थीक कम्जोरीका कारण बचत हुने जस्ता समस्याले पनी श्रमिक महिलाहरुले समान ज्याला पाउन सकेका छैनन् ।

समुह र अभीयान चौतारीमा आबद्ध भएका यहाँका महिलाहरु यतीबेला उत्पादनको कामका साथै विकास योजनाको काम हरुमा पुरुष सँग संयुक्त काम गर्ने बराबर ज्याला लिने गरेका छन । ‘जनता पेटी’ रुपमा अहिले सँगै काम गर्ने अनी काम गरे बापत आएको रकम बराबर बाँड्ने गरेका छन ।

श्रमिक महिलाहरु संगठित भए सँगै आफ्नो अधिकारको निम्ती श्रमिकहरुको सम्पर्क कक्ष स्थापनको निम्ती वडाध्यक्षका साथै नगरका उपप्रमुख जमुना मगर कार्की समक्ष ज्ञापन पत्र समेत बुझाएका छन। सम्पर्क कक्षमा श्रमिक हरुको तथ्याङ संकलन गर्ने,श्रमिकहरुको सुचिकृत गर्ने,ज्याला दर्ता गर्ने र सुनुवाईको लागी पहल गर्ने श्रमिक महिला समुहको लक्ष्य रहेको छ ।

दलित सचेतना समाज ड्यासको सहजीकरण तथा एक्सनएड नेपालको सहयोगमा गठन भएको समुहमा आबद्ध हुनु र अभीयान चौतारीमा छलफल भएपनी यहाँका श्रमिक महिलाहरु आफ्नो श्रमको बारे खुलेर छलफल गर्न सक्ने भएका छन । त्यस्तै घरयासी कामका मात्रै सिमित रहेका महिलाहरु योजनाको काममा आफै नेतृत्व लिँदै जिम्मेवारी पुरा गर्दै आफुले नेतृत्व गरेको योजनाहरुमा महिलाहरुलाई प्राथमिकताका साथ सहभागी गराउन थालेका छन ।

गाउँका पुरुष र महिला काममा सँग सँगै लाग्न सुरु मात्रै भएको छैन जाँडरक्सी खाएर घरमा पैसा नल्याउने पुरुषहरु समेत आफ्नै परिवार सँग काममा जाने आउने गरेका छन । समुहमा आबद्ध हुनु र संगठित भएकाले ेबर्षाेदेखी श्रममा विभेद भोग्दै आएका यहाँका श्रमिक महिलाहरुले समान ज्याला पाउन थालेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार