पाँचथरः तिनचुले जडीबुट्टी कृषि सहकारी संस्थाले उत्पादनमा जोड दिने उदेश्यले विभिन्न कार्यक्रममा सञ्चालनमा ल्याएको छ । वर्षातको सिजनलाई मध्यनजर गर्दै विहिवार विभिन्न जातका एक हजार दुई सय जडीबुटीका विरुवा शेयर सदस्य र अन्य किसानलाई वितरण गरेको छ ।
लोटसल्ला,तेजपत्ता,अमला,चिराइतो,टिमुर लगायतका लेक र औलमा हुने जडीबुट्टीका विरुवा वितरण गरेको संस्थाका सचिव याम नेम्बाङले जानकारी दिए । विरुवा वितरणको अवसर पारेर वडाको आथिक सहयोगमा जडीबुट्टी सम्बन्धी प्रवर्धन प्रशिक्षण,विरुवा वितरण तथा खेती विस्तार सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।
कोशी प्रदेश जडीबुट्टी संघका अध्यक्ष शंखध्वज नेम्वाङको प्रमुख आतिथ्यतामा प्रशिक्षणसहित विरुवा वितरण कार्यक्रम संस्थाका अध्यक्ष पेम्वा शेर्पाको अध्यक्षतामा सम्पन्न गरिएको हो । फाल्गुनन्द गाउँपालिका आयुर्वेद शाखा प्रमुख राजु पराजुली र डिभिजन वन कार्यालय पाँचथर शाखा राँकेका वन रक्षक मातृका प्रसाद ओझाले सहभाहगीलाई विरुवा रोपण,व्यावसायिक खेती र उत्पादन साथै स्थानीय जडीबुट्टीको परिचय र उपयोग बारेमा जानकारी गराइएको जनाएएको छ ।
यस संस्थाले शेयर सदस्य र स्थानीय कृषकलाई आय मुलक कामम जोड्दै स्वरोजगारको सृजना गराउने लक्ष्य राख्दै कार्यक्रम संचालन गरिरहेको भएता पनि किसानलाई राहत पुग्ने उपल्ब्धीमुलक बजेट रकम पालिकाबाट उपलब्ध नहुँदा व्यवस्थित योजना संचालन गर्न नसकिएको अध्यक्ष शेर्पाले बताए । फाल्गुनन्द गाउँपालिका ४ चिलिङदिनमा २०६८ सालमा स्थापना भएको यस संस्थाले केही महिना अघि १५० रोपनी जमीनमा रोपेको बर्खे आलु हाल धमाघम खन्न शुरु गरेको छ । उक्त आलु सब्जी र विउको लागि आवश्यक पर्ने संघसंस्था वा व्यक्तिलाई समेत विक्रि बितरण गरिने भएको छ ।