इलाम : जिल्ला प्रशासन कार्यालय इलामले ज्येष्ठ नागरिकको निःशुल्क स्वस्थ्य परिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरि उक्त सेवाको प्रारम्भ गरिएको हो । कार्यालयमा आउने सेवा ग्राहीलाई लक्ष्यित गर्दै ज्येष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार गर्न यो कार्यक्रमको सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिईन ।
जिल्ला अस्पताल इलाम र जिल्ला प्रशासन इलामको समन्वयमा कार्यालय समयमा स्वस्थकर्मीहरुले जेष्ठ नागरिकहरुको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाई लगायतका परिक्षण गरिने छ भने केही निशुल्क औसधि समेत बितरण गरिने इलाम अस्पतालका ब्यब्स्थापक क्षितिज खतिवडाले बताए ।
यस्तै स्वास्थ्यमा समस्या देखिएका ज्येष्ठ नागरिकलाई थप उपचारका लागि अस्पताल सम्म पुरयाउन समन्वय समेत गरिने ब्यबस्था मिलाईएको बताईएको छ ।