इलाम : इलामका सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा तोकिएको भाडादर कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।
मङ्गलबार जिल्ला प्रशासन कार्यालय इलाममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सो निर्ण गरेको हो ।
बैठकले तत्कालका लागि २०८० जैठमा निर्धारण गरिएको भाडादर कार्यन्वयन गर्ने, सार्वजनिक सवारी साधनमा सबैले देखिने गरी भाडादर टाँस गर्ने निर्णय गरेको छ ।
त्यस्तै भाडादर समायोजनका लागि यातायात व्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीको संयोजकत्वमा सात सदस्यीय उपसमिति समेत गठन भएको छ ।
त्यस्तै इलामबाट सञ्चालन हुने लामो दुरीका बसमा एक साताभित्र अपाङ्गमैत्री बनाउँदै सिसी क्यामेरा र र्याम जडान गराउने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन् ।