माइजोगमाईले गर्‍यो कर्मचारी, शिक्षक, करदाता र विद्यालयलाई सम्मान

  नयाँ बुलन्द
28 Shares

इलाम : इलामको माइजोगमाई गाउँपालिकाले शिक्षक, कर्मचारी, करदाता र विद्यालयलई सम्मान गरेको छ ।

गाउँपालिकाले आफ्नो १६ औं गाउँसभा अवसरमा सवारी चालक रमेश सापकोटा, कार्यालय सहयोगी चेतबहादुर मगर र कञ्चन राई, वडासचिव तुलसा नेपाल, स्वास्थ्यकर्मी संगीता उप्रेती, प्राविधिक तिलक लाप्चा, इन्जिनियर प्रकाश चौधरी र अधिकृत गोकुल सञ्जेललाई सम्मान गरेको छ ।

उत्कृष्ट करदाताका रूपमा वडा ५ सोयाङका हेमबहादुर खत्री पनि पुरस्कृत भए ।

यसैगरी विद्यालयतर्फ शिरिसे माध्यमिक विद्यालय माईजोगमाई-५ र शारदा आधारभूत विद्यालय माईजोगमाई-२ लाई पनि पुरस्कृत गरिएको छ ।

स्थानीय पाठ्यक्रम लेखन समितिका इन्द्र नेपाल, घनश्याम काफ्ले, केशवराज पौडेल, धनबहादुर भण्डारी र ओमनाथ अधिकारीलाई पनि सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार