इलाम : इलामको माइजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४५ करोड ५१ लाख ६३ हजार रुपैयाँको आयव्यय अनुमान पारित गरेको छ ।
गाउँसभाको १६औं अधिवेशनमा उपाध्यक्ष प्रविना राईले आउँदो वर्षको आयव्यय अनुमान पेस गरिन् । राईका अनुसार आउँदो वर्षका लागि आर्थिक विकासतर्फ एक करोड छ लाख, पूर्वाधार विकासमा सात करोड ६७ लाख, सामाजिक विकासमा दुई करोड ३६ लाख रुपैयाँ विनियोजित छ ।
यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १० लाख, सामान्य सार्वजनिक सेवा, क्षमता विकास, सुशासन र सदृढीकरणतर्फ आठ करोड ३० लाख ७५ हजार, अन्य विविध कार्यक्रमतर्फ एक करोड २० लाख रुपैयाँ विनियोजित छ ।
बजेट कार्यान्वयनका लागि माइजोगमाई गाउँपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०८१ र स्थानीय सञ्चित कोषमा आय तथा खर्च गर्नका लागी बनेको माइजोगमाई गाउँपालिकाको विनियोजन विधेयक २०८१ तथा सो सँग सम्बन्धित विभिन्न अनुसूचिहरू समेत स्वीकृतीको लागि गरिमामय सभा समक्ष पेश गरिएको थियो ।
सभाको अवसरमा माईजोगमाई गाउँपालिका का विभिन्न सेवा क्षेत्रका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । आज नै सेवाबाट अलग भएका स्वस्थ्य संयमसेविकाहरू, उत्कृष्ट बिद्यालय साथै उत्कृष्ट करदातालाई समेत सम्मान गरिएको थियो ।
नीति, कार्यक्रम र बजेटको पूर्ण पाठ हेर्नुहोस् :