इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ५९ करोड १० लाख रुपैयाँ बराबरको बजेट अनुमान गरेको छ । जसमध्ये चालुतर्फ ३४ करोड १६ लाख र पुँजीगततर्फ २४ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
फाकफोकथुम गाउँपालिकाको गाउँसभा १६औं अधिवेशनमा अध्यक्ष दीपेन्द्र खनालले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष कल्पना राईले बजेट वक्तव्य प्रस्तुत गरे ।
पूर्ण पाठ हेर्नुहोस् :