माङसेबुङ गाउँपालिकाले गर्‍यो उत्कृष्ट पाँच कर्मचारीलाई सम्मान

  नयाँ बुलन्द
63 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।

माङसेबुङको गाउँसभाको १५ औं अधिवेशनको अवसरमा सोमबार इन्जिनियर युवराज दाहाल, अहेब सुरेन्द्र साम्बा, जनता आधारभुत विद्यालयको प्रधानाध्याकप भुमिका खड्का, कार्यालय सहयोगी भक्तराज राई र सिंहेश्वरी आधारभूत विद्यालयका कार्यालय सहयोगी सन्तोष राई सम्मानित भएका छन् ।

उनीहरुले जनही १० हजार रुपैयाँसहित सम्मानपत्र पाएका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष हेमन्त राईले दोसल्ला, उपाध्यक्ष विनोद नेम्बाङले रकम र प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले सम्मानप्रदान गरेका थिए ।

गाउँपालिकाले कर्मचारीको प्रोत्साहनका लागि गाउँसभाबाट कर्मचारी सम्मान शिर्षकमा बजेटको व्यवस्था गरी सम्मान गरिएको पालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत चौहानको अध्यक्षतामा भएको कार्यक्रम कर्मचारी उमेश खत्रीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार