फाल्गुनन्द गाउँपालिकाको बजेट ५२ करोड ५३ लाख १९ हजार, प्रज्ञा प्रतिष्ठान संचालन गर्ने नीति

  युद्धबहादुर बोहोरा
252 Shares

 

पाँचथर : फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५२ करोड ५३ लाख १९ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १६ औं अधिवेशनले उक्त बजेट सर्वसम्मत पारित गरेको हो ।

तोकिएको अवधिमा बजेट सार्वजनिक गर्दै सभाले आवका लागि गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष ठाकुर सिंह नेम्बाले प्रस्तुत गरेको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक संसोधनसहित सर्वसम्मतले पारित गरेको हो ।

गत आवमा ५५ करोड १४ लाख ५० हजार ६१६ रुपैया रहेको बजेट यस आवमा दुई करोड ६१ लाख हाराहारी कम भएको छ । ५५ लाख ५० हजार अनुमानित राजश्व मध्ये ४२ लाख ७४ हजार २५६ रुपैंया मात्रै संकलन भएकोले चालु वर्षको अन्त्यसम्म ५४ लाख राजश्व संकलन हुने अनुमान गरिएको छ । चालु आवको जेष्ठ मसान्त सम्ममा ३४ करोड ७६ लाख ७२ हजार ४८ रुपैंया ६३ प्रतिशत खर्च भएको छ भने आर्थिक वर्षको अन्त्यमा ८० प्रतिशत भन्दा माथि खर्च हुने अनुमान छ ।

आगामी आवमा ६० लाख राजश्व संकलन हुने प्रक्षेपण गरिएसंगै संघीय सरकारबाट राजश्व बाडफाड वापत ९ करोड ११ लाख,संघीय वित्तीय समानीकरण वापत ९ करोड ९२ लाख, संघीय सशर्त चालु अनुदान बापत २४ करोड ५१ लाख, संघीय सशर्त पुंजीगत अनुदान वापत ३ करोड ५८ लाख रुपैया र संघीय विशेष अनुदान वापत ७५ लाख प्राप्त भएको छ । प्रदेश सरकारबाट राजश्य बाँडफाड वापत ३४ लाख ५० हजार, प्रदेश वित्तीय समानीकरण वापत ६० लाख ३० हजार, प्रदेश सशर्त अनुदान वापत १ करोड ६२ लाख ५९ हजार, प्रदेश समपुरक अनुदान वापत ९९ लाख बजेट प्राप्त भएको छ । त्यस्तै, गाउँपालिकाको मौज्दात तर्फ ५० लाख रहने अनुमान गरिएको छ ।

शिक्षा,स्वास्थ्य,कृषि तथा पशुपंक्षी,पूर्वाधार विकाश क्षेत्रलाई प्रथामिकता राख्दै यस आवमा भाषा साहित्य कला तथा संस्कृतिको प्रवर्धनका लागि ‘फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान’ संचालन गरिने नीति तथा कार्यक्रम ल्याइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार