माओवादी केन्द्र इलाम-१२ अध्यक्षमा लिङ्दम

  नयाँ बुलन्द
175 Shares

इलाम : नेकपा (माओवादी केन्द्र) ईलाम नगरपालिका-१२ वडा समितिको अध्यक्षमा खगेन्द्र लिङदम निर्वचित भएका छन् ।

साङरूम्बामा भएको दोस्रो वडा सम्मेलनबाट लिङदमको अध्यक्षतामा २१ सदस्यीय वडा समिति निर्वाचित भएको माओवादी केन्द्र इलाम नगर इन्चार्ज प्रभाष शर्माले जानकारी दिए ।

उपाध्यक्षमा तिलक बाला, नेत्रप्रसाद घिमिरे र दौलत लिङदम, सचिवमा होमनाथ रिजाल,  सहसचिवमा आईतराज राई र कोषाध्यक्षमा भिमाकुमारी राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा पवित्रा राई, मनबिर फागो, नयन लिङदम, फुलमति राई, बाबुराम तामाङ, होमबहादुर दर्जी, जगत सिन्चुरी, सरोज लिङदम, निमा दोर्जी तामाङ, यामबहादुर लिङदम, आशिष बाला, रनबहादुर राई, राजकुमार कुएनाम्बा, भिमनाथ सापकोटा, डिल्लीराम घिमिरे, मनकुमार लिङदम, रहरमान राई, खडकबहादुर राई, दुर्गाप्रसाद घिमिरे, पुनम लिङदम, सोम खम्बु र मिरा राई (तामाङ) रहेका छन् ।

वडा इन्चार्जको जिम्मेवारी मंगलसिंह फेजुङले पाएका छन् ।

सम्मेलनले कर्ण कार्कीको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार