इलाम : इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको बजट ल्याएको छ ।
आइतबार सुरु भएको नगरसभाको १५औं अधिवेशनमा नर उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले सामाजिक विकासतर्फ ४९ प्रतिशत, पूर्वाधार विकासमा २६ प्रतिशत, चालु खर्च १४ प्रतिशत, आर्थिक विकासतर्फ छ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा तीन प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ दुई प्रतिशतको बजेट सार्वजनिक गरेकी छन् ।
बजेटमा मौजुदा करको दरभन्दा दायरा बढाउने नीति लिइएको, राजस्व असुलीमा प्रभावकारिता कायम तथा सम्भावित चुहावट नियन्त्रण गर्दै राजस्व वृद्धि गर्ने रणनीति लिइएको उनले जनाएकी छिन् ।
हेर्नुहोस् नीति तथा कार्यक्रम :