धनगढी : कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे१त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।