इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आफ्नो वार्षित नीति तथा कार्यक्रम र बजेट अघि सरोकारवालाको सुझाव लिने भएको छ ।
आउँदो असार १० गते गाउँसभा पेश गर्ने नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि सरोकारलावाको सुझाव लिने भएको हो ।
माङसेबुङले सरोकारवालाको सुझाव लिन असार ७ गते शुक्रबार गाउँपालिकाको सभाहलमा परामर्श तथा छलफल कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा पालिकास्थित विभिन्न राजनीतिक दल र सरोकारवालाहरुलाई निमन्त्रणा गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो ।
गाउँसभामा पेश गर्ने नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुअघि नै सरोकारवालाको सुझाव लिएर ती सुझावहरुलाई समेत समावेश गर्न परामर्श तथा छलफल आयोजना गरिएको अध्यक्ष राईले बताए ।
माङसेबुङ गाउँपालिकाको नवौं गाउँसभाको अधिवेशन असार १० गते बस्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले जानकारी दिए । सो सभामा गाउँपालिका अध्यक्ष राईले नीति तथा कार्यक्रम र उपाध्यक्ष विनोदकुमार नेम्बाङले बजेट पेश गर्नेछन् ।