फाकफोकथुममा बढ्दो बसाइँसराई, ११ महिनामा दुई सय ९८ ले छाडे गाउँ

  नयाँ बुलन्द
133 Shares

फाकफोकथुम :  बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराई बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् ।

यस्तै अवस्थामा इलामको  फाकफोकथुम गाउँपालिका पनि छ । फाकफोकथुममा पछिल्लो ११ महिनामा बसाइँसराई बढ्दो अवस्थामा छ । फाकफोकथुमबाट चालु आर्थिक वर्ष २०८० साउन १ देखि जेठ मसान्तसम्म ११ महिनामा ९६ परिवारका दुई सय ९८ जनाले गाउँ छोडेका छन् ।

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिउको प्रतिवेदनमा ७ वटा वडामध्ये सबैभन्दा धेरै वडा नम्बर १ बाट ६८ र थोरै ६ बाट १९ जना बसाइँसराई गरेका छन् । ११ महिनामा वडा नम्बर २ बाट ५४ जना, ३ बाट ३७ जना, ४ बाट ४४ जना, ५ बाट ३९ जना र ७ बाट ३७ जनाले गाउँ छाडेका छन् ।

सो अवधिमा १४ परिवारका ४३ जनामात्र बसाइँसराइ गरी फाकफोकथुममा आएका छन् । सो अवधिमा वडा नम्बर १ मा ७ जना, २ मा १८ जना, ६ मा ८ जना र ७ मा जना आएका छन् । अन्य वडामा आएका छैनन्  ।

गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले पैसा धेरै कमाएर बसाई सरेर जाने प्रवृत्ति बढेको बताए । ‘पहिले पहिले विपन्नहरु मात्र बसाइँ सरी जाने गर्दथे, अहिले सम्पन्नहरु बसाइ सरी जाने गर्दछन्’ खनालले भने, ‘‘अलिकपति पैसा कमाउनसाथ मधेसतिर घरघडेरी किनेर उतै सर्ने प्रवृत्ति बढेको छ ।’

अध्यक्ष खनालल बसाइँसराई रोक्न पालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरेको भएपनि  बताए । स्वास्थ्य र शिक्षा राम्रो भएमा नागरिक गाउँ बस्छन् भन्ने बुझाई गाउँपालिकाको छ । साथै कृषिमार्फत रोजगारी सिर्जना गर्ने योजना समेत अघि बढाइएको अध्यक्ष खनालले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार