इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले वर्षमा नौ हजार आठ सय ४६ मिटर सडक ग्राभेल गरेको छ । फाकफोकथुमले चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरको कार्यप्रगति प्रतिवेदनमा सो उल्लेख छ ।
फाकफोकथुमले चालु आर्थिक वर्षमा नौ सय ४० मिटर सोलिङ, ३२ हजार आठ सय ११ घनमिटर माटो कटिङ र पाँचवटा खानेपानी ट्याङ्की निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ ।
फाकफोकथुममा पूर्वाधार विकासलाई प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।