इलाम : इलाममा भर्खरै आएकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभाव चुस्त बनाउन लागि पर्ने बताएकी छन् । इलामको शान्ति सुरक्षालाई व्यवस्थित बनाउन जिल्लाको सुरक्षा निकाय चुस्त रुपमा परिचालन भएको उनले बताइन् ।
दुई साता अघि इलाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएकी श्रेष्ठले मङ्गलबार यहाँका पत्रकारहरुसँग जिल्लाको अवस्थाका बारेमा छलफल गरेकी थिइन् । पत्रकारहरुको छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नेपाल भारत सीमा क्षेत्रको सुरक्षा चुस्त बनाउन र सीमा क्षेत्रबाट हुने लागुऔषध पदार्थ तस्करी नियन्त्रणका लागि बिषेश ध्यान दिने बताइन् ।
श्रेष्ठले जिल्लाका स्थानीय तहमा भाडादर निर्धाणका लागि सुरक्षा स्थानीय तहसँग समन्वय गर्ने जानकारी दिइन् । वर्षातमा हुने विपद्लाई न्युनिकरण गर्न र उद्धारका लागि स्थानीय तहसँग समन्वय हुँदै आएको र सुरक्षा निकायको टोलीपनि तयारी अवस्थामा राखिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन् ।
भेटघाटमा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, सल्लाहाकार सुजन तिमसिना, कोषाध्यक्ष राम योङ्हाङ, पत्रकारहरु विजयशेखर भट्टराई, गणशे घिमिरे, गोपाल निरौला, सिर्जना श्रेष्ठ लगायतले जिल्लाको विभिन्न क्षेत्रको बिषयमा सुझाव दिएका थिए ।