इलाम : अन्यायपूणर्ण व्यवहार भएको भन्दै नेपाल सरकारको स्वास्थ्य बिमा वोर्ड अन्तर्गत कार्यरत दर्ता सहयोगीहरु असन्तुुष्ट भएका छन् । सेवा सुुविधाको कटौतीलगायतका विषयमा असन्तुुष्ट उनीहरुले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य बिमा वोर्डमा ज्ञापन पत्र पठाएका हुन् ।
स्वास्थ्य बिमा वोर्डद्वारा जारी सूचनामा दर्ता सहयोगीहरुले प्राप्त गर्दै आएको कमिशन दश प्रतिशत रकमवाट पनि १५ प्रतिशत कर कट्दा चरम श्रम षोषण हुने भन्दै कमिशन रकम २० प्रतिशत पुुर्याएर मात्र यो निणर्य लागू गर्नु पर्ने, इन्टरनेट, झोला, कार्वन जस्ता मसलन्द वापतको खर्च रकम उपलब्ध गराउनु पर्ने, न्यूनतम पारिश्रमिक निर्धारण गर्नु पर्ने लगायतका दश वटा माग उनीहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै सेवा प्रारम्भ गर्दाको समयको उमेर दक्षता आदिको मूूल्यांकन गरि सकेसम्म स्थायी नियुुक्ती नभए अस्थायी कर्मचारीको नियुुक्ति दिनु पर्ने, प्रविधिमैत्री वनाएर दर्ता अधिकारीको कामको भार कम गर्न प्रथम सेवा विन्दुु परिवर्तन फारम अनलाईन दर्ता अधिकार सहित ल्यापटपको व्यवस्था गर्नु पर्ने, सुुरुमा एक पटक दिएका अधिकांश मोवाइल जिणर् भएका कारण मोवाइल उपलब्ध गराउनु पर्ने, जेष्ठ नागरिक रातो कार्ड प्राप्त नागरिकको नविकरण दर्ता सहयोगि मार्फत गराउनु पर्ने, अनलाईन नविकरणको व्यवस्था तुुरुन्त रोक्ने वा नभए दर्ता सहयोगीको नीजि कार्डमा अन्य नविकरण सरहको कमिशन सिधै जम्मा हुने व्यवस्था गर्नु पर्ने, स्वस्थ्य विमा प्रदेश कार्यालय खारेज गर्नु पर्ने र दार्ता सहयोगीले पाउनुु पर्ने रकम वडाको जनसंख्याको आधारमा ५० प्रतिशत पुुग्दा खेरि १२.५ प्रतिशत साथै वडाको जनसंख्या ८० प्रतिशत कटाएबापत १५ प्रतिशत पाउनुुपर्ने रकम हालसम्म पनि नपाएकाले तत्काल उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।
स्वास्थ्य बिमा दर्ता सहयोगी हकहित संरक्षण समितिका संयोजक प्रदिप भट्टराईद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मागहरु वारे सुुनुवाई नभए आगमी श्रावण १ गते वाट सुुरु हुने नयाँ साइकलदेखि जिल्लाभर कनै प्रकारको स्वास्थ्य बिमा दर्ता एवं नविकरण नगर्ने र मारमा परेको तल्लो तहको कर्मचारी माथि कुनै दवावमूूलक निणर्य गरे सामुुहिक राजीनामा, अदालती प्रकृया, अख्तियार, श्रम जस्ता निकायहरुमा समेत एकवद्ध भएर उजुुरी दिदै थप सशक्त आन्दोलनको घोषणा गर्ने चेतावनी दिइएको छ ।
सवै नागरिकलाई उपचारमा सहजता प्रदान गर्ने उदेश्यले संचालनमा रहेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत दर्ता सहयोगीहरुले तल्लो तहमा रहेर स्वास्थ्य बिमाका प्रकृयामा सघाउदै आएका छन् ।