फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाई १ नं. वडा कार्यालय ठिङ्गेपुरमा सम्पन्‍न (तस्बिरहरु)

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम १ नं. वडा कार्यालय ठिङ्गेपुरमा बिहीबार सम्पन्न भएको छ । गाउँपालिका, विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

फाफकोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ४० जना बढीको उपस्थिति थियो । कार्यक्रममा विभिन्न सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले पूर्वाधार विकास, सडक निर्माण, शिक्षालगायत विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहका विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ वडा अध्यक्ष कर्ण लिम्बू, वडा सचिव विनोद कार्कीलगायतले दिएका थिए ।

कार्यक्रममा वडा अध्यक्ष लिम्बूले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । उनले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष लिम्बूले प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वागत र औचित्य मन्तव्य वडा सचिव कार्कीले गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता युद्धबहादुर बोहराले नागरिक अभिमत प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु ‍औंल्याईएको छ ।

त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रमका तस्विरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार