सन्दकपुर गाउँपालिका २ नं. वडा कार्यालय माईमझुवाको परिचय (प्रगति विवरणसहित)

आ.व. २०८०/०८१ को जेष्ठ ३० गते सम्मको सन्दकपुर गाउँपालिका वडा नं. २ बाट सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदनः

परिचयः

नेपालको कोशी प्रदेशको सुन्दर जिल्ला इलामको उत्तरी भुभागमा पर्ने गाउँ हो माईमझुवा । इलाम जिल्लाको दश स्थानी तह मध्ये एक हो सन्दकपुर गाउँपालिका । सन्दकपुर गाउँपालिकामा रहेको जम्मा ‍५ वटा वडाहरुमध्येको एक  वडा नं. २ हो ।  यस वडाभित्र रहेका जातीहरु  राई, गुरुङ्ग ब्राहमण, क्षेत्री, शेर्पा, मगर, सुनुवार, तामाङ्ग, लिम्बु, विश्वकर्मा, दर्जी आदि जातीहरुको रहेका छन् । भाषिक, धार्मिक, सांस्कृतिक, (Adventure, Culture, Nature) विविधताले भरिपूर्ण यस सन्दकपुर गाउँपालिकाको उत्तर-पुर्व क्षेत्रमा यस २ नं. वडा रहेको छ । संघीय संरचनाको निर्माण हुने क्रममा साबिक माईमझुवा गा.वि.स. वडा नं. १,२,३,४,५,६,७,८ र ९ मिलेर सन्दकपुर गाउँपलिका वडा नं. २ निर्माण भएको हो । यस वडा नं. २ को क्षेत्रफल लगभग ४८ वर्ग किलोमिटर र वि.सं २०६८ अनुसारको जनसंख्या  जम्मा  ३५४३ जना र वि सं २०७८ को अवडेट हुन बाँकी रहेको छ । यस वडाको पूर्वमा सन्दकपुर गाउँपालिकाको वडा नं. ४ माबु, पश्चिममा सन्दकपुर गाउँपालिका वडा नं. १ माईपोखरी पाँचथर जिल्लाको फिदिम नगरपालिका-१३, उत्तरमा पाँचथरको फालेलुङ गाउँपालिका-५ र भारतको दार्जिलिङ जिल्लाको सिंहलिला नेस्नल पार्क, दक्षिणमा सन्दकपुर गाउँपालिका वडा नं.३ सुलुबुङ रहेको छ । सन्दकपुर गाउँपालिकाको वडा नं. २ उप्उष्ण र समसितोष्ण हावापानी रहेको पहाडी क्षेत्रमा अवस्थित छ । यहाँका अधिकांश बासिन्दा कृषि कार्यमा संलग्न रहेका छन् । यस वडाका अधिकांश मानिसहरुको जिवनस्तर मध्यम रहेको छ  । विकासशील अवस्थामा रहेको यस वडा  विकासको शिलशिलामा फड्को मारिहेको अवस्थामा छ ।  सन्दकपुर-२  माईमझुवामा रहेका पर्यटकीय स्थलहरु सन्दकपुर, छिन्टापु, टोड्के झरना, रेड पाण्डा प्रजनन केन्द्र, डाईमण्ड ढुङ्गा, सोमेलाक्मालुङ्ग, ढपर झरना आदि रहेका छन भने सिम्सार/पोखरीहरुमा फुस्रेपोखरी, तालपोखरी,जम्ले पोखरी,पोखरीडाँडा पोखरी, गुफा पोखरी आदि रहेको छ भने यस वडा भित्र रहेका विभिन्न धार्मिक स्थलहरुमा माईभगवती मन्दिर सन्दकपुर, शिवधाम लुङचोक, शिव पञ्चायन मन्दिर याङ्मा, त्रिवेणीधाम बालिबुङ, गण्डकी मन्दिर सन्दकपुर, छिन्टापु मन्दिर, किरातमानखिङ( निर्माणाधिन), सेमिच्योङ भवन, पदमछोलिङ गुम्बा, साङछेन मेण्डोल गुम्बा, मेरिया चर्च, योना चर्च रहेका छन । कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य यस सन्दकपुर रहेका छन भने यहाँबाट चार वटा देशका  ६५ भन्दा बढि  हिमालहरुको अवलोकन साथै सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ र पर्यटकीय सम्भावना बोकेको स्थानहरु रहेका छन्, जसले कोशी प्रदेशको  समग्र पर्यटनलाई नै प्रबर्द्धन गर्न सक्ने सम्भावना रहेको छ ।

सेवा प्रवाहः

सन्दकपुर गाउँपालिका वडा नं. २ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छः-

  • सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको,
  • पहिले आउनेलाई पहिले सेवा प्रवाह गर्ने गरिएको छ,
  • राजश्व प्रणाली, नगदी रसिद दस्तुरलाई कम्प्युटरमा आधारित अनलाईन प्रणालीबाट सञ्चालन गरिएको, मालपोत वा भूमीकर रसिद पनि कम्प्यूटरमा आधारित अनलाइन प्रणालीबाट मार्फत कार्य सुचारु भई संचालन भईसकेको ,
  • टोल विकास संस्थाका अध्यक्ष कोषाध्यक्ष र सचिवलाई योजना सन्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम वडामा सन्चालन गरिएको
  • कामको शिलशिलामा जिल्ला सदरमुकाम इलाममा पुगेर अन्य प्रमाणित कागजात आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सरल बनाइने गरिएको ।
  • टोल विकास संस्थाहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगाबै र कार्यलय तथा सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।
  • सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर वडामा संचालन गरिएको
  • सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीबाट वितरण गर्ने ब्यवस्था मिलाइएको ।
  • सम्पूर्ण योजनाको कामको प्रत्यक्ष निगरानी प्राविधिकबाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट र पाँच लाख भन्दा माथिका योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनिवार्य अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिएको ।

राजश्व आम्दानी विवरण (जेष्ठ ३० गते सम्म)

वडा नं. २

क्र.सं. शीर्षक जम्मा
१. ब्यक्तिगत घटना दर्ता विलम्व शुःल्क ५४,५००।-
  २. भुमीकर/मालपोतबाट आम्दानी २,९८,६९२।-
३. सम्पती कर ३,८९५।-
४. नाता प्रमाणित दस्तुर १०,४००।-
५.                            सिफारिस दस्तुर                १,८०,९१४।-
६. अन्य कर १,३१,५३०/-
अन्य स्रोतबाट प्राप्त रोयल्टी ४३,०००/-
अन्य दस्तुर १९,५२०/-
अन्य क्षेत्रको आय १६६०९/-
१० अन्य राजश्व ११५/-
  कूल जम्मा रु.७,५९,१७५/-

व्यक्तिगत घटना दर्ता विवरण(जेष्ठ ३० गते सम्म)

वडा नं. २

व्यक्तिगत घटनादर्ता

क्र.सं घटनादर्ता जना/वटा कैफियत
जन्मदर्ता                ५८  
मृत्युदर्ता २८  
विवाहादर्ता २५  
सम्बन्ध विच्छेद  
  बसाईसारई १४  
       

वडाबाट भएका सिफारिस (२०८० श्रावण दखि जेष्ठ ३० गते सम्म)

क्र.सं. शीर्षक संख्या
नागरिकता सिफारिस ८४
नागरिकता प्रतिलिपि सिफारिस ६८
चारकिल्ला प्रमाणित
घरवाटो प्रमाणित २१
नाता प्रमाणित ३८
जग्गा नामसारी सिफारिस
ब्यक्तिगत घटना दर्ता प्रमाणित ३५
ब्यक्तिगत घटना दर्ता

 

१०८
९० योजना सम्झौता सिफारिस १४
११ दर्ता ४३
१२ चलानी ९३३
१३ फाईलिङ ५२
१४ सामाजिक सुरक्षा भत्ता संख्या( अन्तिम चौमासिक) ३८३
१५ सामाजिक सुरक्षा भत्ता संख्या( अन्तिम चौमासिक) जम्मा रकम ४१,३७,४७४/-
१६ सामाजिक सुरक्षा भत्ता आ.व.२०८०/०८१ को जम्मा रकम १,५५,६१,५४०/-
१७ अन्य सिफारिस ७६९

सन्दकपुर गाउँपालिका वडा नं. २ मा सञ्चालन भएको  विभिन्न कार्यक्रमहरुको विवरण(तालिम तथा विविध)-

  • टोल विकास संस्थाका अध्यक्ष कोषाध्यक्ष र सचिवलाई योजना सन्चालन कार्यान्वयन सम्बन्धी अभिमूखीकरण कार्यक्रम सन्चालन भएको,

गाउँपालिका अन्तर्गतको बजेटबाट सन्दकपुर गाउँपालिका वडा नं. २ को लागि तर्जुमा भएका योजनाहरु-

क्र.सं. कार्यक्रम /आयोजना /क्रियाकलापको नाम   जम्मा विनियोना कैफियत
१. शैक्षिक सुधार कोचिङ(श्याम्बल मा.वि.) ८०,०००/- सम्पन्न
२. भानु आ.वि विद्यालय सिकाई व्यवस्थापन ६०,०००/-  सम्पन्न
३. प्राविधिक धार अध्ययन विद्यार्थी प्रोत्साहन कार्यक्रम ४०,४९०/- सम्पन्न
४. खेलकुद कार्यक्रम १,२०,०००/- सम्पन्न
कमेरे महविर सडक १,००,०००/- निर्माणाधिन
बौद्ध गुम्बा सापडाँडा सडक २००,०००/- निर्माणाधिन
विस्तारे गुफा आवे सडक २,०००००/- निर्माणाधिन
शिव पञ्चायन मन्दिर बनवारी कोईरालेटार सडक ४,००,०००/- निकासाको चरणमा
२ नं वडा भरिका सडक मर्मत ५,५१,४८०/- सम्पन्न
१० श्याम्बल मा.वि. फर्निचर खरिद १,२०,०००/- सम्पन्न
११ महिला क्षमता विकास तालिम ८०,०००/- सम्पन्न
१२ २ नं वडा घरदुरी सर्वेक्षण १,३०,०००/- कार्यन्यवनको चरणमा
१३ विपद व्यवस्थापन ३,८३,९९०/- सम्पन्न
१४ वडा पर्यटन विकास ३,२०,३९०/- सम्पन्न
१५ वडा भित्र रहेका पर्यटकीय क्षेत्रहरुको फोटो संकलन ५०,०००/- सम्पन्न

वडाभित्र अन्य निकायबाट संचालित योजनाहरुको अवस्था

क्र.सं कार्यक्रम/आयोजनाको नाम जम्मा विनियोजन कैफियत
देउराली माईपोतल जितपाले टेकेगोलाई सडक ७२,५०,०००/- सम्पन्न
वडा कार्यालय गोरुवाले सन्दकपुर सडक १२,००,०००/- निर्माणाधिन(सडकबोट)
रातेखोला खोर्साने सिँचाई आयोजना ४५,२३,२००.६९/- ६० प्रतिशत काम सकिएको
गिताङ खोला खोलाघारी टोड्के झरना सिँचाई आयोजना ७८४२८३७.०७ विवादित
रेड पाण्डा प्रजनन केन्द्रमा पोखरी निर्माण २०,००,०००/- निर्माणाधिन(डिभिजन वन कार्यालयबाट)

वडाभित्र  प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट संचालित योजना

क्र.सं कार्यक्रम/आयोजनको नाम जम्मा विनियोजन कैफियत
राम खर्क टेकेगोलाई सडक नालि निर्माण तथा मर्मत-६ जना ४,००,८००/- कार्यन्यवनको अन्तिम चरणमा
बरफेद याङ्मा बाटाटार केदार पाँखा डाडाबारी सडक नालि निर्माण तथा मर्मत- ४ जना २,६७,२००/- कार्यन्यवनको अन्तिम चरणमा
बौद्ध गुम्बा साँपडाँडा सडक मर्मत तथा नालि निर्माण-४ जना २,६७,२००/- कार्यन्यवनको अन्तिम चरणमा
सरस्वती आ.वि. गाईखर्क सडक नालि मर्मत-४ जना २,६७,२००/- कार्यन्यवनको अन्तिम चरणमा
लबनाथ घर चौतारा देखि खोलाटार सडक मर्मत- २ जना १,३३,६००/- कार्यन्यवनको अन्तिम चरणमा

सुशासन प्रवर्द्धन

यस सन्दकपुर गाउँपालिका वडा नं. २ बाट प्रवाह हुने सेवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरुप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाउने प्रयास नै यस वडा नं. २ मा भएको सुशासनको थालनी हो । यस वडा नं. २ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –

  • जनशहभागितामूलक शासन व्यवस्थाको अभ्यास,
  • नागरिक वडा पत्रको व्यवस्था,
  • उजुरी पेटिकाको व्यवस्था गरिएको,
  • सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था,
  • वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल फेसबुक पेज मार्फत सूचना प्रचारप्रसार गर्नेगरिएका,
  • जनउत्तरदायी सरकार सञ्चालनको प्रयास गरिएको,
  • जवाफदेही शासन सञ्चालनको प्रयास भएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार