इलाम : इलामको फाकफोकथुम गाउँपालिका ६ नं. वडा कार्यालय पोखरीले ११ महिनामा चार लाख २० हजार ४३ रुपैयाँ आम्दानी गरेको छ ।
चालू आर्थिक वर्ष २०८०।०८१ को साउन १ देखि जेठ २८ सम्म सो रकम आम्दानी गरिएको वडाअध्यक्ष टंकनाथ खनालले जानकारी दिए ।
अध्यक्ष खनालका अनुसार नगदी रसिदबाट दुई लाख ६६ हजार नौ सय २० र मालपोतबाट दुई लाख १५ हजार एक सय २३ रुपैयाँ आम्दानी गरेको छ ।
राजश्व आम्दानी विवरण (जेठ २८ गतेसम्म)
वडा नं. ६
क्र.सं. | शीर्षक | जम्मा |
१. | नगदी रसिदबाट आम्दानी | २६६९२०। |
२. | मालपोतबाट आम्दानी | २१५१२३.६४। |
४८२०४३.६४। |