फाकफोकथुम गाउँपालिका-६ मा दुई परिवार बसाइँसराई आउँदा पाँच परिवार गए

  नयाँ बुलन्द
182 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका-६ बाट बसाइँसराइको क्रम बढेको पाइएको छ ।

वडा कार्यालयको  पछिल्लो तथ्याङ्क अनुसार ११ महिनामा पाँच परिवारका १६ जना बसाईसराई गरी अन्यत्र  गएका छन् ।

चालू आर्थिक वर्ष २०८०।०८१ को साउन १ देखि जेठ २८ गतेसम्ममा बसाईसराइ गरी आउनेको सङ्ख्या दुई परिवारका पाँच जना रहेको वडा अध्यक्ष ट्कनाथ खनालले जानकारी दिए ।

त्यस्तै सो अवधिमा ३३ पुरुष र २५ महिला गरी ५८ जनाले जन्मदर्ता गराएका छन् । १० पुरुष र १३ महिला गरी २३ जनाको परिवारले मृत्युदर्ता गराएका छन् ।

त्यसैगरी १७ जोडीले विवाहदर्ता र एक जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।

व्यक्तिगत घटना दर्ता विवरण (जेठ २८ गते सम्म)

वडा नं. ६

क्र.सं.  व्यक्तिगत घटना पुरुप महिला जम्मा
१. जन्मदर्ता ३३ २५ ५८
२. मृत्यु दर्ता १० १३ २३
३. विवा दर्ता           १७ जोडी    १७ जोडी
४. सम्बन्ध विच्छेद दर्ता  १ वटा १ वटा
५. बसाईँसराई आएको परिवार संख्या   २ परिवार ५ परिवार संख्या
६. बसाईँसराई गएको परिवार संख्या    ५ परिवार १६ परिवार संख्या

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार