सुशासन प्रवर्द्धनमा फाकफोकथुम गाउँपालिका ४ नं. वडा कार्यालय

  नयाँ बुलन्द
28 Shares

इलाम : फाकफोकथुम गाउँपालिका वडा नं. ४ बाट प्रवाह हुने सवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरुप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाउने प्रयास नै यस वडा नं. ४ मा भएको सुशासनको थालनी हो । यस वडा नं. ४ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –

  • जनसहभागितामूलक शासन व्यवस्थाको अभ्यास,
  • नागरिक वडा पत्रको व्यवस्था,
  • सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था,
  • वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल रेडियो स्थानीय FM मार्फत सूचना प्रचारप्रसार गर्ने गरिएका,
  • मालपोत कार्यालय बाट नयाँ तिन पुस्ते विवरण सहितको जग्गा विवरण तथा अभिलेख(डड्डा)
  • नापी कार्यालय मंगलबारे बाट साविक फुएतप्पा गा.वि.स. का सम्पुर्ण वडाको २४ थान नक्सा राजश्व दाखिला सहित ल्याई कार्यलयको प्यासेजको दुबै तर्फ टाँस भएको जसले कार्यलयको कामकाजमा तथा सेवाग्राही दुबैमा कार्य सम्पादनमा सहजता
  • जनउत्तरदायी सरकार सञ्चालनको प्रयास गरिएको,
  • जवाफदेही शासन सञ्चालनको प्रयास भएको ।
  • कार्यालय व्यवस्थापन तथा नागरिकप्रति जन उत्तरदायी हुन निरन्तर लागि परेको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार