इलाम : इलामको फाकफोकथुम गाउँपालिका ५ नं. वडा कार्यालय लुम्देले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन थालेको छ । कार्यालयले सेवाग्राहीलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन बनाउन थालेको वडा अध्यक्ष सिद्धमान आलेले बताए ।
फाकफोकथुम गाउँपालिका वडा नं. ५ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छ –
- सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको,
- पहिले आउनेलाई पहिले सेवा प्रवाह गर्ने गरिएको छ,
- राजश्व प्रणाली, नगदी रसिद दस्तुरलाई कम्प्युटरमा आधारित अनलाईन प्रणालीबाट सञ्चालन गरिएको, मालपोत वा भूमीकर रसिद पनि कम्प्यूटरमा आधारित अनलाइन प्रणालीबाट सन्चालन गर्ने तर्फ तयारी भई रहेको,
- उपभोक्ता समितिका अध्यक्ष कोषाध्यक्ष र सचिवलाई योजना सन्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम वडामा सन्चालन भएको र योजना सम्झौता सम्बन्धी शिविर राखि मिति २०८० माघ ०४ गते वडा कार्यालयमा नै योजना सम्झौता गर्ने काम गर्ने गरिएको,
- कामको शिलशिलामा जिल्ला सदरमुकाम इलाम र मंगलवारे पुगेर अन्य प्रमाणित कागजात आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सरल बनाइने गरिएको ।
- उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगाबै र कार्यलय तथा सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।
- सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर वडामा तीन स्थानहरुमाः वडा कार्यालय, जालपा मावि भवन, महिला माछापुछ्रे बहुउद्धेशीय सहकारी भवनमा शिविर राखि नवीकरण गर्ने गरेको ।
- सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीबाट वितरण गर्ने ब्यवस्था मिलाइएको ।
- सम्पूर्ण योजनाको कामको प्रत्यक्ष निगरानी प्राविधिकबाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट र पाँच लाख भन्दा माथिका योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनिवार्य अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिएको ।