इलाम : इलामको फाकफोकथुम गाउँपालिका ५ नं. वडा कार्यालय लुम्देले १० महिनामा पाँच लाख ३७ हजार चार सय ३२ रुपैयाँ आम्दानी गरेको छ ।
चालू आर्थिक वर्ष २०८०।०८१ को साउन १ देखि वेशाख मसान्तसम्म सो रकम आम्दानी गरिएको वडाअध्यक्ष सिद्धमान आलेले जानकारी दिए ।
अध्यक्ष आलेका अनुसार नगदी रसिदबाट एक लाख ८५ हजार छ सय ७२, व्यक्तिगत घटना दर्ता विलम्व शुःल्कबाट नौ हजार आठ सय, मालपोतबाट तीन लाख ३९ हजार पाँच सय ६० रुपैयाँ, सम्पती मुल्याङ्कन दस्तुरबाट आठ सय, नाता प्रमाणित दस्तुरबाट एक हजार दुई सय र अन्य आयबाट चार सय रुपैयाँ आम्दानी गरेको छ ।
राजश्व आम्दानी विवरण(बैसाख मसान्त सम्म)
वडा नं. ५
क्र.सं. | शीर्षक | जम्मा |
१. | नगदी रसिदबाट आम्दानी | १,८५,६७२।- |
२. | ब्यक्तिगत घटना दर्ता विलम्व शुःल्क | ९,८००।- |
३. | मालपोतबाट आम्दानी | ३,३९,५६०।- |
४. | सम्पती मुल्यांकन दस्तुर | ८००।- |
५. | नाता प्रमाणित दस्तुर | १२००।- |
६. | अन्य आय | ४००।- |
कूल जम्मा | ५,३७,४३२।- |