फाकफोकथुम गाउँपालिका ५ नं. वडा कार्यालयको परिचय (प्रगति विवरणसहित)

आ.व. २०८०/०८१ को बैसाख मसान्त सम्मको फाकफोकथुम गाउँपालिका वडा नं. ५ बाट सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन

परिचय :

नेपालको कोशी प्रदेशको सुन्दर जिल्ला इलामको पश्चिमी भुभागमा पर्ने दुर्गम गाउँ हो लुम्दे । साविक लुम्दे गाविसको नाम कसरी रहन गयो भन्ने सम्बन्धमा स्थानीय बुढापाकाहरु यसो भन्ने गर्छन, प्राचिनतम् समयमा हाल साविक लुम्दे वडा नं.१ मा अचानक एउटा ढुंगा देखा पर्यो रे पहिले कहिल्यै त्यस ठाउँमा ढूंगा देखिएको थिएन रे त्यहाँ लिम्बू वस्ती रहेको कारणले त्यस ढुंगालाई लुङत्ये भनिएछ । लिम्बू भाषा अनुसार लुङ्गको अर्थ ढुंगा र त्यै को अर्थ आयो हुने हुनाले बोलचालको क्रममा लुङ्गत्ये बाट क्रमश अप्रभ्रंश भई लुम्दे हुन गएको हो भन्ने कथन छ । इलाम जिल्लाको दश स्थानी तह मध्ये एक हो फाकफोकथुम गाउँपालिका । फाकफोकथुम गाउँपालिकामा रहेको जम्मा ‍७ वटा वडाहरुमध्येको एक वडा यस वडा नं. ५ हो । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस फाकफोकथुम गाउँपालिकाको दश्क्षिणी क्षेत्रमा यस ५ नं. वडा अवस्थित रहेको छ । संघीय संरचनाको निर्माण हुने क्रममा साबिक लुम्दे गा.वि.स. वडा नं. १,२,३,४,५,६,७ र ९ मिलेर फाकफोकथुम गाउँपलिका वडा नं. ५ निर्माण भएको हो । यस वडा नं. ५ को क्षेत्रफल ११.८६ वर्ग किलोमिटर र जनसंख्या पुरुष १११५ महिला १०८६ गरि जम्मा  २२०१ जना रहेको छ । यस वडाको पूर्वमा फाकफोकथुम गाउँपालिकाको वडा नं. ७ सँग फाकफोकखोला, पश्चिममा पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ४, रवि र कुरुम्वा, उत्तरमा फाकफोकथुम गाउँपालिका वडा नं.४ फूएतप्पा सँग थावाखोला, दक्षिणमा माङ्सेबुङ गाउँपालिका वडा नं.१ गजुरमुखी सँग फूङखोला रहेको छ । फाकफोकथुम गाउँपालिकाको वडा नं. ५ उपउष्ण र समसितोष्ण हावापानी रहेको पहाडी क्षेत्रमा अवस्थित छ ।   यहाँका अधिकांश बासिन्दा कृषि कार्यमा संलग्न रहेका छन् । फाकफोकथुम-५ निवासी अधिकांशको जिवनस्तर मध्यम रहेको छ  । विकासशील अवस्थामा रहेको वडा नं. ५ विकासको शिलशिलामा फड्को मारिहेको अवस्थामा छ ।  फाकफोकथुम-५ लुम्देमा सिंहदेवी मन्दिर माल्टेनी, जलकन्या मन्दिर जलाधार क्षेत्र, भमरेगुफा, सूर्योदयको दृश्य अवलोकन गर्ने सकिन स्थानः खरानेथुम्का, जनैढुंगा, दुर्गा मन्दिर माङहिम, कुम्मायक कुस्यायक महादेव मन्दिर, सतीढुंगा र निर्माराधिनमा रहेको लुम्दे  खड्कुडे नवमी झिल अथाहा पर्यटकीय सम्भावना बोकेको स्थानहरु रहेका छन्, जसले फाकफोकथुम गाउँपालिकाको समग्र पर्यटनलाई नै प्रबर्द्धन गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।

सेवा प्रवाह-

फाकफोकथुम गाउँपालिका वडा नं. ५ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छ –

सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको,

पहिले आउनेलाई पहिले सेवा प्रवाह गर्ने गरिएको छ,

राजश्व प्रणाली, नगदी रसिद दस्तुरलाई कम्प्युटरमा आधारित अनलाईन प्रणालीबाट सञ्चालन गरिएको, मालपोत वा भूमीकर रसिद पनि कम्प्यूटरमा आधारित अनलाइन प्रणालीबाट सन्चालन गर्ने तर्फ तयारी भई रहेको,

उपभोक्ता समितिका अध्यक्ष कोषाध्यक्ष र सचिवलाई योजना सन्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम वडामा सन्चालन भएको र योजना सम्झौता सम्बन्धी शिविर राखि मिति २०८० माघ ०४ गते वडा कार्यालयमा नै योजना सम्झौता गर्ने काम गर्ने गरिएको,

कामको शिलशिलामा जिल्ला सदरमुकाम इलाम र मंगलवारे पुगेर अन्य प्रमाणित कागजात आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सरल बनाइने गरिएको ।

उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगाबै र कार्यलय तथा सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर वडामा तीन स्थानहरुमाः वडा कार्यालय, जालपा मावि भवन, महिला माछापुछ्रे बहुउद्धेशीय सहकारी भवनमा शिविर राखि नवीकरण गर्ने गरेको  ।

सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणालीबाट वितरण गर्ने ब्यवस्था मिलाइएको ।

सम्पूर्ण योजनाको कामको प्रत्यक्ष निगरानी प्राविधिकबाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट र पाँच लाख भन्दा माथिका योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनिवार्य अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिएको ।

राजश्व आम्दानी विवरण(बैसाख मसान्त सम्म)

वडा नं. ५

क्र.सं. शीर्षक जम्मा
. नगदी रसिदबाट आम्दानी १,८५,६७२।-
२. ब्यक्तिगत घटना दर्ता विलम्व शुःल्क ९,८००।-
. मालपोतबाट आम्दानी ३,३९,५६०।-
४. सम्पती मुल्यांकन दस्तुर ८००।-
५. नाता प्रमाणित दस्तुर १२००।-
६. अन्य आय ४००।-
  कूल जम्मा ५,३७,४३२।-

व्यक्तिगत घटना दर्ता विवरण(बैसाख मसान्तसम्म)

वडा नं. ५

क्र.सं.  व्यक्तिगत घटना पुरुप महिला जम्मा
. जन्मदर्ता २१ २३ ४४
. मृत्यु दर्ता १३
. विवा दर्ता १९ जोडी १९ जोडी
. सम्बन्ध विच्छेद दर्ता
. बसाईँसराई आएको परिवार संख्या  परिवार
  बसाई सरि गएको दर्ता संख्या १० परिवार
. बसाईँसराई गएको परिवार संख्या ३६ जना

वडाबाट भएका सिफारिस (२०८० साउन देखि जेष्ठ २७ गतेसम्म)

क्र.सं. शीर्षक संख्या
नागरिकता सिफारिस ६७
नागरिकता प्रतिलिपि सिफारिस २०
नावालक परिचयपत्र सिफारिस
चारकिल्ला प्रमाणित १९
घरवाटो प्रमाणित ५३
नाता प्रमाणित ३६
जग्गा नामसारी सिफारिस
ब्यक्तिगत घटना दर्ता प्रमाणित ३५
ब्यक्तिगत घटना दर्ता प्रतिलिपि

(जन्म-30 विवाह9 सम्वन्धविच्छेद2 वसाईसराई2 मृत्यू4)

४७
१० योजना सम्झौता सिफारिस २५
११ अन्य सिफारिस ३३५
  जम्मा सिफारिस ६९५

विकास निर्माण-

फाकफोकथुम गाउँपालिका वडा नं. ५ बाट विनियोजन भएको बजेट शीर्षकहरु-

आ.व.२०८०/०८१ बजेट उपशिर्षकः फाकफोकथुम गाउँपालिका वडा नं.५

क्र.सं. कार्यक्रम/ आयोजना/ क्रियाकलापको विवरण जम्मा विनियोजन कामको विवरण कै
क. आर्थिक विकास क्षेत्र
कृषि विकास प्रबर्धन २,००,००० ७ वटा मिनिटिलर खरिद गरि कृषकहरुलाई वितरण 50%लागत साझेदारीमा
च्यापकटर मेसिन खरिद ४,००,००० १६ वटा मोटर सहितको च्यापकटर खरिद गरि कृषकहरुलाई वितरण 25% कृषक र 75% वडाको लागत साझेदारीमा
महिला माछापुछ्रे बहुउदेश्य सहकारी संस्था लि भवन मर्मत घेरबरा १,००,००० ईटा को घेराबरा

लगाउने काम

सम्पन्न
जम्मा  सात लाख ७,००,००० सम्पन्न
भौतिक पुर्वाधार क्षेत्र
सडक मर्मत सम्भार वडा न ०५ १०,००,००० सडक सरसफाई, नाली सरसफाई ,सोलिंग ,ग्रावेल सम्पन्न
वडा न ०५ कार्यालय :6f]/ निर्माण २,१२,००० स्टो/ निर्माण सम्पन्न
आमबोटे खामारे सिचाई कुलो २,००,००० ढुंगा को वाल निर्माणाधीन
बिद्युत मर्मत सम्भार १,५०,००० पोल विस्तार को काम र मर्मत सम्पन्न
भौतिक पूर्वाधार क्षेत्र जम्मा १५ लाख ६२ हजार
सामाजिक क्षेत्र
सिँहदेवी मन्दिर/ गेट निर्माण २,००,००० मन्दिर/ गेट निर्माण सम्पन्न
यथवा डाडाखेत मलामी टहरो निर्माण १,००,००० टहरो निर्माण सम्पन्न
दुर्गा मन्दिर सिलिंग रंगरोगन १,००,००० सम्पन्न
l;Fxb]jL मांगहिम सिडी निर्माण ( संशोधितः j8fsf zfvf ;8sx? uf|Ef]n j8f g )%) १,००,००० ग्रावेल को काम सम्पन्न
चुम्लुंग हिम निर्माण १,००,००० सम्पन्न
खानेपानी मुहान मर्मत सम्भार २,००,००० खानेपानी ट्यांकी निर्माण सम्पन्न
खेलकुद तथा सैक्षिक सामग्री १,५०,००० सम्पन्न
टोल विकास सुधार कार्यक्रम २,००,००० सिढी, खानेपानी मुहान सरसफाई, पाईप खरिद सम्पन्न
महिला छाता संगठन आयआर्जन मुलक कार्यक्रम  : सिपमुलक कार्यक्रम /गुडिया बनाउने तालिम १,००,००० सम्पन्न
१० नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय परिसद लुम्दे  ; कम्पुटर हार्डवेर तालिम (सुइटर तथा झलर बुनाई तालिम कार्यक्रम)

 

१,००,००० सम्पन्न
११ दलित समन्वय समित्ति आयआर्जन मुलक कार्यक्रम  : आधारभूत कम्पुटर तालिम ५०,००० सम्पन्न
१२ अपांगता लक्षित् आयआर्जन मुलक कार्यक्रम ५०,००० सम्पन्न
१३ साकेला थान निर्माण १,५०,००० सम्पन्न
सामाजिक विकास क्षेत्रको कूल जम्मा १६ लाख मात्र
क्र.सं. कार्यक्रम/ आयोजना/ क्रियाकलापको विवरण जम्मा विनियोजन कै
बाताबरण तथा विपद  ब्यबथापन
वडा न ०५ कार्यालय भवन पेटी तथा फोहोर मैला ब्यबस्थापन १,६०,००० पेटी निर्माण र सोक पिट निर्माण सम्पन्न
ª संस्थागत सेवा प्रवाह र सुशासन
गजुरमुखी प्रहरी चौकी लाइ मौलो पुजा तथा इन्धन ३०,००० सम्पन्न
भुमिदाताहरुलाई सम्मान कार्यक्रम र शिलालेख १,२०,००० सम्पन्न
संस्थागत सेवा प्रवाह र सुशासनको जम्मा १ लाख ५० हजार
च. कार्यालय संचालन तथा प्रसासनिक खर्च जम्मा 8,28,000 विनियोजित रकम वित्तिय प्रगति खर्च रकम
पदादिकारी बैठक भत्ता १,४४,००० ९६’000
इन्धन ९०,००० 45,510
कार्यक्रम खर्च ३०,०००
पत्रपतिका छपाई तथा सूचना प्रकासन खर्च ९,०००
पानी तथा बिजुली २५,००० 11,969
भ्रमण खर्च ९०,००० 88,४00
मेसिनरी तथा औजार मर्मतसम्भार तथा संचालन खर्च ७५,००० 66,000
मसलन्द तथा कार्यालय सामग्री १,००,००० 99,600
बिबिध खर्च ९०,००० 54,910
१० इन्टरनेट तथा संचार महसुल ४०,००० 33,800
११ सवारी साधन तथा मेसेनरी औजार भाडा ३०००० 13,200
१२ सवारी साधन मर्मत खर्च ७५,००० 68,400
१३ स्वास्थ्य संस्था / सामुदायिक स्वास्थ्य इकाई ब्यबस्थापन ३०,००० 30,000
संस्थागत सेवा प्रवाह र सुशासन ८,२८,०००.०० 6,07,789
वडा नं.५ वडा वजेट सिलिङ्गको जम्मा पचास लाख मात्र

फाकफोकथुम गाउँपालिका वडा नं. ५ मा सञ्चालन भएको  विभिन्न कार्यक्रमहरुको विवरण(तालिम तथा विविध)-

  • उपभोक्ता समितका अध्यक्ष कोषाध्यक्ष र सचिवलाई योजना सन्चालन कार्यान्वयन सम्बन्धी अभिमूखीकरण कार्यक्रम र वडामा नै योजना सम्झौता कार्यक्रम २०८० माघ ०४ गते सन्चालन भएको,
  • गापाको उद्यम विकास शाखाबाट यस वडा नं.५ मा उद्यम विकास तालिमा कार्यक्रम सञ्चालन भएको,
  • यस वडा नं.५ को समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय इलामबाट अचार बनाउने सम्बन्धी ७ दिने ब्यावसायिक तालिम सञ्चालन भएको,
  • यस वडा नं.५ बाट १६ जना कृषकहरुलाई मोटर सहितको घासँ काट्ने च्यापकटर मेसिन वितरण गरिएको छ
  • यस वडा नं.५ बाट ७ जना कृषकहरुलाई 75% र २५% लागत साझेदारीमा मिनिटिलर वितरण गरिएको छ

गाउँपालिका अन्तर्गतको बजेटबाट फाकफोकथुम गाउँपालिका वडा नं. ५ को लागि तर्जुमा भएका योजनाहरु-

क्र.सं. कार्यक्रम /आयोजना /क्रियाकलापको नाम जम्मा विनियोना कैफियत
१. गाँउघर क्लिनिक भवन नर्मिाण क्रमागत वडा न ०५ १०,००,००० निर्माराधिन
थूम्का प्रतिक्षालय  वडा न ०५ २००००० निर्माराधिन
३. फुंगखोला सिचाई कुलो      (कूल लागत) ३९,१४०३७।६७ निर्माराधिन
४. जलकन्या आ बी कक्षा कोठा थप वडा न ०५ ५००००० सम्पन्न
5 नवमी वजार तरकारी संकलन केन्द्र निर्माण ८००००० निर्माणाधिन
6 लुम्दे पोखरी पर्यटन पुर्वाधार विकास ५००००० काम हुन बाँकी
7 वडा नं.5 शाखा बाटो वडा र झिल सरसफाई 420840
8 वडा नं.5 मूल सडक नाली सरसफाई 334000

सुशासन-

यस फाकफोकथुम गाउँपालिका वडा नं. ५ बाट प्रवाह हुने सवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरुप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाउने प्रयास नै यस वडा नं. ५ मा भएको सुशासनको थालनी हो । यस वडा नं. ५ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –

  • जनशहभागितामूलक शासन व्यवस्थाको अभ्यास,
  • नागरिक वडा पत्रको व्यवस्था,
  • उजुरी पेटिकाको व्यवस्था गरिएको,
  • सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था,
  • वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल फेसबुक पेज मार्फत सूचना प्रचारप्रसार गर्नेगरिएका,
  • जनउत्तरदायी सरकार सञ्चालनको प्रयास गरिएको,
  • जवाफदेही शासन सञ्चालनको प्रयास भएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार