इलाम : इलामको फाकफोकथुम गाउँपालिका-२ बाट बसाइँसराइको क्रम बढेको पाइएको छ ।
वडा कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार १० महिनामा दुई परिवार बसाईसराई गरी आउँदा १५ परिवार बसाइसराइ गएका छन् ।
चालू आर्थिक वर्ष २०८०।०८१ को साउन १ देखि वेशाख मसान्तसम्ममा बसाईसराइ गरी आउनेभन्दा १३ परिवार बढी बसाइसराई गएको वडा सचिव रविन राईले जानकारी दिए ।
त्यस्तै सो अवधिमा २४ पुरुष र १४ महिला गरी ३८ जनाले जन्मदर्ता गराएका छन् । नौ पुरुष र पाँच महिला गरी १४ जनाको परिवारले मृत्युदर्ता गराएका छन् ।
त्यसैगरी १३ जोडीले विवाहदर्ता र दुई जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।
व्यक्तिगत घटना दर्ता विवरण (बैशाख मसान्त सम्म)
क्र.सं. | व्यक्तिगत घटना | पुरुप | महिला | जम्मा |
१. | जन्मदर्ता | २४ जना | १४ जना | ३८ जना |
२. | मृत्यु दर्ता | ९ जना | ५ जना | १४ जना |
३. | विवा दर्ता | १३ जोडी | ||
४. | सम्बन्ध विच्छेद दर्ता | २ जोडी | ||
५. | बसाईँसराई आएको परिवार संख्या | २ परिवार | ||
६. | बसाईँसराई गएको परिवार संख्या | १५ परिवार |