इलाम : इलामको बिब्ल्याँटेमा मेडिकल उद्घाटनसँगै एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उदेश्यसहित उद्घाटन गरिएको बिब्ल्याटे मेडिकलमा २३४ जना सेवाग्राहीले सेवा लिएको संचालक प्रनिशा चौधारीले जानकारी दिइन् ।
उनका अनुसार विभिन्न रोगका २३४ जनालाई विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य परीक्षणसहित नि:शुल्क औषधी वितरण गरिएको छ । यस मेडिकलबाट २४ सै घण्टा ओपिडी , भिडियो एक्स्रे सेवा सन्चालमा रहेको छ ।
मेडिकलबाट विशेषज्ञ डाक्टरद्वारा दैनिक २४ घण्टा नै सेवा उपलब्ध गराइने जानकारी गराइएको छ।