इलाम : विश्व वातावरण दिवसको अवसरमा इलाममा रहेको नेपाली सेनाको रणशार्दूल गणले खहरे पुवाजुङ महिला सामुदायिक बनमा वृक्षरोपण गरेको छ।
जिल्लाको इलाम नगरपालिका वडा न ९ पागेटार क्षेत्रको वनको खाली पाखो जमिनमा विभिन्न जातका वृक्षरोपण गर्ने कार्य भएको हो ।
आज विश्व वातावरण दिवसको अवसरमा वनलाई हराभरा बनाउने उद्देश्यका साथ सो वनमा वृक्षरोपण गर्ने कार्य गरिएको गणपति प्रल्हाद घलेले बताउनुभयो ।
डिभिजन वन कार्यालयले इलाम र नेपाली सेनाको संयुक्त आयोजना भएको बृक्षरोपण कार्यक्रममा बिभिन्न प्रजातिका बिरुवा लगाउने कार्य भएको छ ।
विनास हुँदै गएको जंगलको संरक्षण गर्नु र खाली पाखाको नयाँ बिरुवा लगउने कार्यले नयाँ सन्ततिलाई सहज हुने भएकाले वातावरण स्वच्छ राख्न पनि यसबाट फाईदा हुने कार्यक्रमका बक्ताहरुले बताएका थिए ।
नयाँ लगाईएका बिरुवाको जगेर्ना र हुर्काउने बढाउने कामको जिम्मा सामुदायिक बन उपभोक्ता समितिले लिएको छ । यसका लागि डिभिजन वन कार्यालय इलाम र नेपाली सेनाले समन्वय गरेका थिए ।