विद्यार्थी शून्यको हालतमा पुगेको टीका भैरुङ आवि उल्लेख्य सुधार तर्फ

  युद्धबहादुर बोहोरा
182 Shares

 

पाँचथरः  फाल्गुनन्द गाउँपालिका ५ कोप्चेमा रहेको टीका भैरुङ आधारभूत विद्यालयमा विगत भन्द यस शैक्षिक शत्रमा विद्यार्थी संख्या उल्लेख्य सुधार भएको छ । गत शैक्षिक शत्रमा विद्यार्थी संख्या शुन्य भएकै कारण बन्द हुने परिस्थिति बनेको विद्यालयले यस पटक विद्यार्थी संख्या नौ जना पुर्याएको छ । देशभर सरकारी विद्यालमा विद्यार्थीको खच्कन्दो आकर्षण बनिरहेको बेला यो विद्यालय पनि उक्त शिकारबाट अछुतो रहेन । तथापि सरोकारवाला, स्थानीयवासी, विद्यालय परिवार,व्यवस्थापन समिति,शिक्षक अभिभावक संघलगायको अथक प्रयासबाट विद्याललाई जीवित राख्न सफल बनेको प्रधानध्यापक हर्क बहादुर चेम्जोङले जानकारी दिए । विद्यालयलाई जीवित राख्न यसै विद्यालयका पूर्व विद्यार्थी हाल दक्षिण कोरियामा कार्यरत लोकेन,अर्जुन,कुशल,युगल र कृष्ण चेम्जोङसहित पाँच जनाले २५ हजार रुपैंया सहयोग गरेका छन् ।

स्थानीय समाजसेवी शिक्षक विर नरसिंह चेम्जोङको विशेष पहलमा वैदेशिक रोजगारमा रहेको युवाले गरेको सहयोबाट विद्यार्थीलाई ट्र्याकसुट,ट्राउजर,भेष्ट, जुत्ता,व्याग,रेनकोटसहित अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने  शैक्षिक सामाग्री खरिद पछि एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको छ । सामाग्री पाएसंगै विद्यार्थी खुशी बनेका छन् । वितरण कार्यक्रममा सरोकारवालले सहयोगी हातबाट आफ्नो गाउँको ग्रामीण क्षेत्रका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले पठाइएको नगदबाट विद्यालयलाई राहत मिलेको बताए । सहयोगीहरुलाई धन्यवाद दिदै अन्य ईच्छुले हातेमालो गर्दै विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन थप सहयोग गरिदिन पनि आग्रह गरेका छन् । विद्यालयलाई साथ सहयोग र शैक्षिक गुणस्तर सुधार गर्नका लागि साथै विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यस विद्यालयले सरोकारवालासंग अपेक्षा राख्दै हरेक गतिविधिमा विद्यालय परिवार सकृय रहने प्रतिवद्धता जानएको छ । व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष,अभिभावक, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

यस विद्यालयको जम्मा दुई रोपनी क्षेत्रफल रहेको छ । उक्त जग्गा स्वर्गीय बलहाङ नेम्बाङले उपलब्ध गराएका हुन्। केही भवन जीर्ण अवस्थामा रहेकाले मर्मतको आवश्यकता रहेको छ भने विद्यालयको घेरावारा,व्यवस्थित शौचालय,पिउने पानीको व्यवस्था मिलाउनु पर्ने जनाइएको छ । एक दरबन्दी,बाल बिकाश र कार्यालय सहयोगीसहित हाल तीन कक्षासम्म पठनपाठन गरिरहेको विद्यालयलाई पाँच कक्षासम्म पुर्याउन पहल गर्न शुरु गरिएको व्यवस्थापन समिति अध्यक्ष बिरहाङ चेम्जोङले जानकारी दिए ।

२०२६ सालमा स्थापना भएको यस विद्यालयमा स्थापना कालदेखि हालसम्म २१ जना शिक्षक, १० जना प्रधानाध्यापक र १० जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षले  विद्यालयमा शिक्षण तथा नेतृत्व गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार