चुलाचुली जिप दुर्घटना अपडेट : महिला र बालकको पहिचान खुल्यो

  नयाँ बुलन्द
1.6k Shares

इलाम : दमक-चिसापानी-रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुलीमा रतुवा खोलाले बोलेरो जीप बगाँउदा ज्यान गुमाएका महिला र बालकको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा इलामको माङसेवुङ-५ कि सर्मिला फागो र माङसेवुङ-३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङ छन् ।

निरुको भने घाइते अवस्थामा उद्वार गरी उपचारार्थ दमकको लाइफलाईन अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी (डिएसपी) प्रकाश जवेगूले बताए ।

झापाको दमक देखि इलामको  लारुम्बाका लागि छुटेको लु १ ९४९१ नम्बरको बुलेरो सोमबार साँझ करिब छ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो ।

बुलेरोमा सवारमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्केका छन् । चालक भने सम्पर्क बाहिर छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार