पाँचथर : जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपाल पाँचथरका अध्यक्ष उपेन्द्र येक्तेन नेकपा (माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रममा येक्तेनसहित पत्रकारहरु रोहित आङबो र निशा लोवा प्रेस सेन्टरमा प्रवेश गरेका हुन् ।
इगल एफएमका स्टेशन म्यानेजर येक्तेन पाँचथरका उज्यालो प्रतिनिधि हुन् । उनलाई प्रेस सेन्टर नेपालको प्रदेश सदस्यको जिम्मेवारी प्रदान गरिएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लावतीले जानकारी दिनुभयो ।
त्यस्तै सुम्हालुङ एफएमका स्टेसन म्यानेजर रहेका आङ्बोलाई पनि प्रेस सेन्टर नेपालको प्रदेश सदस्यको जिम्मेवारी प्रदान गरिएको छ ।
उता पत्रकार लोवालाई प्रेस सेन्टर नेपालको पाँचथर जिल्ला सहसचिवको जिम्मेवारी प्रदान गरिएको लावतीले जानकारी दिए ।
उता पहिचानवादी अभियान्ता सुनिल आङ्बो र जसपा नेपाल निकट समाजवादी युवा संघका जिल्ला सदस्य बसन्त आङ्बो समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सुनिललाई अखिल नेपाल लेखक संघकाे केन्द्रिय सदस्य र वसन्तलाई अनेरास्ववियु कान्तिकारी पाँचथर जिल्ला सदस्यको जिम्मेवारी पाएका छन् ।