सहकारी प्रकरणः गठन भयो संसदीय छानबिन समिति, यी हुन् सदस्य

काठमाडौं : सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिमा रहने ७ सांसदको टुंगो लागेको छ । समितिमा कांग्रेस, एमालेबाट २/२ जना र अन्य दलबाट १/१ जना रहनेछन् ।

कांग्रेस सांसद रामहरि खतिवडाले दिएको जानकारीअनुसार कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र इश्वरी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, राप्रपाबाट ध्रुवबहादुर प्रधान र रास्वपाबाट शिशिर खनाल सदस्य रहनेछन्।

सत्तारुढमध्ये ठूलो दलको हैसियतले एमालेबाट सूर्य थापा समिति संयोजक रहने सम्भावना छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार