इलाम : इलामको सुर्योदय नगरपालिकामा नगर खेलकुद विकास समिति र शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अन्तर विद्यालय बुद्दिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको छ ।
इलाम जिल्ला बुद्दिचाल संघ र नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सम्पन्न भएको प्रतियोगिताबाट बिजेता भएकालाइ नगर र प्रमाणपत्र प्रदान गरिएको थियो । नगर खेलकुद विकास समिति अध्यक्ष सौरभ आचार्यको अध्यक्षता भएको प्रतियोगिता ३२ वटा विद्यालयको ४२ जना विद्यार्थी खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्रतर्फ फिक्कल माविका सुप्रशान्त घिमिरे पहिलो, करफोक विद्या मन्दिरका निरोज चिमरिया दोस्रो, सनराइज इङलिस स्कुलका सक्षम पौडेल तेस्रो, जनक माविका निसान्त लामिछाने चौथो, विद्यामन्दिरका सोमाङ देवान पाचौं, एभरल्याण्डका निरव श्रेष्ठ छैठाै, हिमालय माविका उपासन पौडेल साताै र पुण्यस्मारिका आविका असीम राई आठाैं भएका छन् ।
यस्तै छात्रातर्फ जनक माविकी डिस्टिना मुखिया पहिलो, बौद्धधाम माविकी याङजी डोल्मा शेर्पा दोस्रो, सिंहदेवी माविकी अदिप्ति राई तेस्रो, रोजमेरीकी रिस्ता राई चौथो, हेरोहलकी एन्जल राई पाँचाै, पञ्चकन्याकी जियाना प्रधान छैठाै, एभरल्याण्डकी साक्षी राई साताै र कृष्णाश्रम माविकी युना खड्का आठाैं भइन् ।
नगर खेलकुद विकास समितिले विद्यालयहरुमा बुद्धिचाल सिकाउने निर्णय गरी दुई विद्यालय शिक्षक अभिषेक पौडेल र सुमन राईलाई स्कूल चेस इन्स्ट्रकचर प्रशिक्षण कार्यक्रममा सहभागी गराएको थियो । पहिलो चरणमा ३२ वटा विद्यालयमा करिब पाँच सय भन्दा बढी विद्यार्थीहरुलाई चेस प्रशिक्षण गरिएको थियो ।
प्रतियोगिताको आर्विटर इलाम चेस अध्यक्ष एवं राष्ट्रिय आर्विटर प्रकाश परियारले गरेका थिए । सुर्योदयमा चेस विकास, विस्तार र प्रवर्द्धनमा बजेट तथा कार्यक्रम ब्यवस्था गरि एवं जनशक्ति परिचाल गरि महत्त्वपूर्ण भुमिका खेलेकोमा बुद्दिचाल संघले नगरपालिकालाइ प्रसंसा पत्र समेत वितरण गरिएको थियो ।
प्रतियोगिताको उदघाटन नगर प्रमुख रणबहादुर राई र नगर उपप्रमुख दुर्गाकुमार बरालले चेस खेल्दै संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बुद्दिचालका प्रदेश अध्यक्ष सुरेन्द्र कुमार राइ, जिल्ला अध्यक्ष प्रकाश परियार लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो । उद्घाटन सत्रमा प्रदेश चेस अध्यक्ष सुरेन्द्र कुमार राइले चेस अत्यन्तै बौद्धिक खेल भएकोले चेसले सम्बृद्द र सब्य समाज निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले यसको विकास र विस्तारमा लाग्न जोड दिए । प्रमुख अतिथि मेयर राइले चेस विकास र विस्तारमा नगरपालिकाले पुर्ण सहयोग गर्ने बताए ।
कार्यक्रम फिक्कल माविमा भएको थियो ।