तीनचुले जडीबुटी सहकारीले रोप्यो १५० रोपनी क्षेत्रफलमा बर्खे आलु

  युद्धबहादुर बोहोरा
70 Shares

पाँचथरः तीनचुले जडीबुटी सहकारी संस्था लिमिटेडले यस वर्ष १५० रोपनी क्षेत्रफलमा विभिन्न उन्नत जातका बर्खे आलु रोपेको छ । फाल्गुनन्द गाउँपालिका ४ नम्बर वडास्थित चिलिङदिनमा २०६८ सालमा स्थापना भएको यस संस्थाका ६३ जना शेयर सदस्य मध्ये १५ जनाले सामुहिक आलु खेती गरेका हुन् । प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम अन्तर्गत कार्यान्वयन एकाई ताप्लेजुङ, प्राविधिक एकाई (आलुजोन) पाँचथरको आर्थिक तथा प्राविधिक सहयोगमा २० लाख रुपैयाको बजेमा योजना सम्पन्न गरिएको संस्थाका अध्यक्ष पेम्वा शेर्पाले जानकारी दिए ।

 

 

चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन बृदिका लागि पुजीगत सहयोग आर्थिक वर्ष २०८०/८१  आलुजोन कार्यक्रम संचालन गर्न साझेदार संस्थाको १० लाख र कार्यालयको अनुदान सहयोग १० लाख गरी जम्मा २० लाख रुपैयाको लगानीमा २०८० पौष महिनादेखि शुरु भई २०८१ वैशाखमा रोपण कार्य सम्पन्न भएको जनाइएको छ । ड्याङ बनाएर नयाँ माटोमा जङ्गल फाँडेर २५० मन आलु रोपण गरिएको संस्थाका अध्यक्ष शेर्पाले बताए । प्राविधिक स्टमेट अनुसार बिउलाई नकाटिकन डल्लै रोपिएको छ । यस संस्थाले बिउ खरिद,जोत्ने मेसिन( मिनी टिलर),चेनस मेसिन,तराजु,प्लाष्टिक ड्रम,पाईप,कृषि औजार,सिचाईको लागि पानी ट्याङ्कीलगायत विभिन्न सामग्री खरिद गरेको आयव्यय सहितको सार्वजनिक सुनुवाई सम्पन्न गरेको जनाएको छ ।

 

यस अघिदेखि नै यस संस्थाले अर्गानिक कृषिजन्य वस्तुहरूको उत्पादन गर्दै आएको छ भने जडीबुटी खेती, जडीबुटी नर्सरी स्थापना, व्यावसायिक खेती विस्तार र उन्नत जातका बङ्गुरपालन समेत गरेको छ । यस वर्ष आलु खेती गरेर स्वरोजगार र किसानलाई आयआर्जनको व्यवस्था मिलाउन पहल गरेसंगै प्राविधिकले अनुगमन गरी तालिम समेत दिएर उत्पादनमुखी काममा लगानी गरिएको बताइएको छ । आलु उत्पादन हुने यस क्षेत्रमा जे जति उत्पादन हुन्छ त्यसलाई सामुहिक बिक्री गरिने र बजारीकरणलाई कार्यालयले सहयोग गर्ने भएको छ ।

आलु खने पश्चात बेमौसमी सब्जी खेती गर्ने योजना रहेको जनाइएको छ । संस्थाले उत्पादन गर्ने क्षेत्र नजिकै यातायातको सुविधा सहज रहेको तर स्टोर गर्ने भवनको अभाव भएको जनाएको छ । संस्थालाई थप तालिम र सहयोगको आवश्यक परेको अध्यक्ष शेर्पाले बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार