दिवशको अवसरमा फिदिम नगरपालिका २ नम्बर वडास्थित आदर्श आवासीय विद्यालयका विद्यार्थीलाई खाद्यन्न प्रदान गरेको हो। आवासीय रुपमा अध्ययनरत विद्यार्थीलाई दश हजार रुपैंयाँ बराबरको चामल, खानेतेल, नुन र दाल प्रदान गरिएको प्रेस सेन्टर नेपाल, पाँचथरका अध्यक्ष सेसेहाङ लाओतीले बताए। सेन्टरकान्द्रीय सदस्य विजय बोध लाओतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी तुम्बापोलाई सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक मीम मुखिया, स्थानीय राजनीतिकर्मी राजेश सुब्बा, वडा सदस्य कमला तुम्बापो, स्थानीय समाजसेवी जय प्रकाश तुम्बापो, स्थानीय तथा सञ्चारकर्मी नारायण तुम्बापो लगायत शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो।
३ कक्षासम्म पठनपाठन हुँदै गरेको यस विद्यालयमा अहिले ११ जना बालबालिका आवासीय रुपमा अध्ययनरत रहेको विद्यालयले जनाएको छ।
शहीद कृष्ण सेन इच्छुकलाई तत्कालीन शाही शासनकालमा लेखेकै कारण पक्राउ गरी निर्ममतापूर्वक यातना दिएर मारिएको थियो। जनादेश साप्ताहिकका सम्पादक तथा जनदिशा दैनिकका प्रधान सम्पादक भएर काम गरेका सेनले पत्रकारिता र साहित्यको माध्यमबाट वर्गीय विभेद विरुछ सशक्त आवाज उठाएका थिए।
उनका ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरी’, ‘इतिहासको यस घडीमा’ नामक तीन काव्यकृति प्रकाशित छन्। उनलाई २०५७ जेठ ६ गते काठमाडौंबाट नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लवमा राखेर चरम यातना दिइएको थियो। उनको जेठ १३ गते मृत्यु भएको बताइन्छ।
प्रेस सेन्टर नेपाल लगायतका संघसंगठनले हरेक वर्ष जेठ १३ गतेलाई इक्छुकको स्मृति दिवशको रुपमा मनाउने गरेका छन्।